d

कोपा अमेरिका: ब्राजिल समूह बिजेता बन्दै क्वाटरफाइनलमा प्रवेश

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 काठमाडौं :  कोपा अमेरिका फुटबल अन्तर्गत आयोजक राष्ट्र ब्राजिल  समूह बिजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ।  समूह चरणको   अन्तिम खेलमा इक्वेडरसँग बराबरी खेले पनि १० अंक जोड्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।  

  सोमबार बिहान भएको को खेलमा ब्राजिलले १-१ गोलको बराबरी खेलेको छ ।

पेड्रो ओलम्पिक स्टेडियममा सुरुवाती अग्रता जोगाउन नसक्दा ब्राजिल बराबरीमा रोकिएको हो। खेलको ३७ औं मिनेटमा इडर मिलिटाओले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए। तर, खेलको ५३ औं मिनेटमा एन्जल मिनाले गोल गर्दै इक्वेडरलाई १-१ गोलको बराबरीमा ल्याए। 
इक्वेडरले ४ खेलमा ३ अंक जोड्नै समूह उपविजेता बनेर अन्तिम ८ मा प्रवेश गरको छ।  


 

Views: