d

गण्डकी प्रदेशमा गडबडी: गठबन्धन सरकारलाई मन्त्रालय बाडफाडमै सास्ती 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

१३ असार, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रालय बाडफाड गर्न हम्मेहम्मे परेको छ।  
एमालेका पृथ्वी सुब्बा गुरुङ पदमुक्त भएपछी मुख्यमन्त्री बनेका पोखरेलले अझै सम्म मन्त्रालय भागबन्डा गराउन नसकेका हुन्। 

अस्थाई कार्य विभाजन गरेका उनले कुमार खड्कालाई शिक्षा संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय र हरिशरण आचार्यलाई ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी प्रदान गरेका छन् ।

स्वास्थ्य मन्त्रालयको जिम्मेवारी माओवादीबाट मन्त्री बनेकी मधुमाया अधिकारी गुरुङले पाएकी छन् । उनले आइतबार पदभार ग्रहण गरेकी छन् ।

दीपक मनाङ्गेले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिन खोज्दा अस्वीकार गरेका छन् । उनले अर्थ मन्त्रालय वा भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयमा दाबी गरेका छन् ।

गत जेठ २९ गते मुख्यमन्त्री नियुक्त पोखरेलले चार मन्त्री नियुक्त गरे पनि सत्ता साझेदार दलहरुबीच सहमति नहुँदा उनीहरुको मन्त्रालय तोकिएको थिएन । गण्डकी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता पोखरेल माओवादी, जसपा र राष्ट्रिय जनमोर्चाका सांसदहरुको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

जनमोर्चा भने सरकारमा सहभागी छैन ।

Views: