d

इन्द्र न्यौपानेको "हराएका मानिसहरू" कविता

Views:
Responsive Image Gallery
Responsive Image Gallery

✍️. इन्द्र न्यौपाने|गौरादह - ३, झापा 


दारि कपाल काट्न नभ्याए जस्ता
काधमा  एउटा झोला 
सेतो शिसा भएको चस्मा
सामान्य लवज
सरल र मृदुभाषी 
प्रेमपूर्ण बोली
कसिला मुठि उठाउदै 
हसिलो मुहार लिएर
प्राय साँझतिर 
केही मानिसहरू आउथे
 हाम्रागाउँ र बस्तिमा मा

त्यो समयमा.....
देश बनाउनुपर्छ भन्थे
शासन बदल्नुछ भन्थे
आफूलाई 
कामरेड भन्थे
हामीलाईपनि कामरेड भन्थे
झुट बोल्नहुन्न भन्थे
जनतानै इश्वर हो भन्थे
हामी यो देशलाई
 स्वर्ग बनाउन सक्छौ भन्थे
जनताको खातिर लडनु पर्छ
जनताबाट सियो धागो लिनहुन्न भन्थे
ब्यक्तिगत स्वार्थ लिनुहुन्न भन्थे 
हाम्रो सर्वस्व  नागरिक हो भन्थे 


धेरै भयो नभेटेको
निक्कै भयो नदेखेको....
कता होलान ?
ती मानिसहरू आजकल ?

म तपाईहरु कै  छोराहो भन्थे
म परिवर्तनको सम्वाहक हो भन्थे
गरिवको सपना र
 देशको उज्यालो हो भन्थे
म अन्तिम यूद्द हो भन्थे
म सत्य हो र बिजय हो भन्थे

तानाशाहको बर्बर दमनचिर्दै
गर्भिलो छातिलिएर
मुक्तियूद्दको गौरवशालि लडाईलड्दै 
कता पुगेका होलान ?
ती मानिसहरू आजकल ?

के तपाईले भेटनुभाछ ?
उनिहरूलाई ....?
के तपाईले कतै देख्नु भाछ
उनिहरूलाई .... ?

नमरी बाचेका भए
जेलमा हुननी सक्छन 
कतै पिरमा हुननी सक्छन
बिखलबन्द पर्ननी सक्छन

तपाईले देख्नु भो भने
कथम  कदाचित भेटनु भो भने
भन्दिनुस है.....
गाउँले ले धेरै सम्झेको छ रे 
आफ्नो ख्यालगर
यतिको पिर नगर
चिन्ता लिन पर्दैन
कमरेड.... !

जस्ताको तस्तै छ गाउँ 
तिमीले बास बसेको घर
जाहिको  त्यही छ
तिमीलेसुतेको ओछ्यान उस्तैछ
तिमीले ओछ्याएको भान्साको पिरा
जस्ताको तस्तै छ चुलामा 
कमरेड .....!

हामीलाई तिम्रो माया  छ
पोख्रेल दाई कुरागरिरहनु हुन्छ
बा,आमाहरू सोधीरहनु हुन्छ
नानीहरू ठूला भएरपनि 
बिदेश गाछन

हो साच्चै माया छ 
कामरेड हामीलाई
यदी समय मिल्छ भने
यदि अप्ठ्यारो  हुदैन  भने 
एकछाक खानाखान 
र एकरात बासबस्न
आइदिनुस  हाम्रो बस्तिमा
तपाईका मिठामिठा सपनाहरू सुन्न
अहिले पनि हामी 
चारैतीर
सेन्ट्रि राखेर 
तपाईको स्वागतमा
 हाजिर  हुनसक्छौं

आखिर सपना बुन्नु 
र  कुरा सुन्नु त रहेछ...
हामी गाउँका  मानिसले 
अन्तिम एकपटक
सर्वहारा मुक्तिआन्दोलन 
र  देश निर्माणको 
 कथासुनेर
दरिला हातहरू मिलाउदै 
 भन्न मन छ 
लाल सलाम कामरेड...

Views: