d

झापा: गाडीमा जोरबिजोर प्रणाली, पसल ६ देखि ३ बजे सम्म खुल्ने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: झापामा जारी निषेधाज्ञालाई थप एक साता लम्ब्याइएको छ ।
आज राति १२ बजेसम्मका लागि जारी निषेधाज्ञालाई स्वरुप परिवर्तन गर्दै असार २१ गते राति १२ बजेसम्म कायम गर्ने निर्णय भएको हो ।
झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाद्वारा जारी आदेशमा अत्यावश्यक काम वाहेक हिँडडुलमा लगाइएको प्रतिवन्ध कायमै रहेको जनाइएको छ ।
हाट बजार, मेला, जात्रा, महोत्सव, पाटी, भोज लगायत भिड भाडहुने कार्यक्रम नगर्न भनिएको छ ।
पसल सञ्चालनको हकमा अत्यावश्यक सेवाका वाहेकका अन्य पसलहरु विहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न दिने उल्लेख छ ।
सवारीसाधन सञ्चालन सम्बन्धमा अत्यावश्यक सेवाहरु बाहेकका सबै प्रकारका निजी सवारीसाधन, सिटी/सफारी, अटो रिक्सा स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरका मात्र झापा जिल्ला भर सञ्चालन गर्न दिने आदेश गरिएको छ ।
सरकारी, सार्वजनिक संस्थान, बिमालगायतका कार्यालयहरुले स्वास्थ्य मापदण्डको पूर्णरुपमा पालना गरी भीडभाड नगराइ आलोपालो प्रणाली अपनाइ सञ्चालन गर्ने भनिएको छ । जनसंसद ।

 

Views: