d

चट्याङ लागेर दुई जनाको मृत्यु

Views:
Responsive Image Gallery
Responsive Image Gallery

चट्याङ लागेर महोत्तरीमा छुट्टाछुट्टै ठाँउमा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
मृत्यु हुनेमा वडा नम्बर ४ साढा निवासी प्रेमशिला देवी र वडा नम्बर ५ कटैया निवासी विषेश्वर राय छन् । ८० वर्षीय राय भैंसी चराउन जाँदा र ५९ वर्षीया प्रेमशिला खेतमा मल छर्दै गर्दा खसेको चट्याङ्को शिकार बनेका थिए । दुवैको घट्नास्थलमै मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश बिष्टले जानकारी दिए ।

यस्तै, मनरासिस्वा नगरपालिका वडा नम्बर ४ मै चट्याङ् लागेर एक जना घाइते भएका छन् । भैंसी चराउन गएकी स्थानीय कारी यादवकी १२ बर्षीया छोरी आशा कुमारी घाइते भएको प्रहरीले जनाएको छ ।

उनको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ । यादवको भैंसीको भने चट्याङ् लागेर घटनास्थलमै मृत्यु भएको छ ।            - Online Khabar को सहयोगमा 

Views: