d

ओलीको टिप्पणी: माधव नेपाल प्रचण्डको पुच्छर, लाजसरम पचेको र अराजक मान्छे हुन् 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

१४ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता माधवकुमार नेपाललाई प्रचण्डको पुच्छर, लाजसरम पचेको, अराजक, अनुशासनहीन र इमान नभएको मान्छेको संज्ञा दिएका छन्  । 

७०औं मदन भण्डारी जयन्तीको अवसरमा सोमबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले माधव नेपाल प्रचण्डको मामुली कार्यकर्ता बहेको दोह्रोयाए । माधव नेपालले ओलीले मलाइ प्रधानमन्त्रीको प्रस्ताव राख्यो भन्दै  धाक के लगाएर हिँडेको बताएका छन्।   ओलीले भनेका छन् , 'मलाइ  बहुला कुकुरले टोकेको छ र नेपाललाई प्रधानमन्त्री बनाउन ?

'अरु कोही नपाएर यस्ता मान्छेलाई प्रधानमन्त्री प्रस्ताव केपी ओलीले राख्ला ?’ भन्दै ओलीले प्रश्न गरे। 

यिनी प्रचण्डका  पुच्छर हुन्।  पुच्छर भएपछि जन्तु पूर्वतिर फर्कियो भने त्यो पश्चिमतिर हुन्छ, पश्चिमतिर फर्कियो भने त्यो पूर्वतिर हुन्छ । तर सँगै हुन्छ ।’ प्रचण्ड कांग्रेसतिर लागेपछि माधव नेपाल पछिपछि लागेको उनको टिप्पणी थियो ।

Views: