d

टी-२० विश्वकप युएइमा हुने घोषणा  

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडाैं : आगामी टी-२० विश्वकपमा युएईमा हुने तय भएको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसीसीआई) ले सोमबार यसको आधिकारीक घोषणा गरेको हो।

बोर्ड सचिव जय शाहले भने 'हामीले सबै विषयमा गहन छलफल र विचार गर्दै विश्वकप युएईमा सार्ने निर्णय गरेका छौं। आईसीसीलाई यो विषयमा आज नै जानकारी गराइने छ।' सोमबार भारतीय बोर्डलाई फैसला लिन अन्तिम दिन तोकिएको थियो।

बिसीसीआईले विश्वकपको मिति तय गर्ने जिम्मा भने आईसीसीलाई दिएको छ। यद्यपि १५ अक्टोबरमा आईपीएलको फाइनल खेलाउने तयारी गरिएको छ। र त्यसको कही दिनपछिबाट टी-२० विश्वकप सुरू हुन सक्ने जनाइएको छ।

आइपिएल-२०२१ कोरोना महामारीका कारण २९ खेल पछि बन्द गरिएको थियो। यसको दोस्रो चरण युएईमा १९ सेप्टेम्बरबाट गर्ने तयारी गरिए पनि आधिकारिक घोषणा भने भएको छैन। बोर्डका उपाध्यक्ष  राजीव शुक्लाले भर्चुअल माध्यममार्फत भएको छलफलबाट यो निर्णयमा पुगिएको बताए।

बिसीसीआईले आइपिएल कुनै पनि मुल्यमा गराउनुपर्नै अडान आईसिसीसमक्ष राख्दै आएको छ। सोहीअनुसार समय व्यवस्थापन गरिनेछ।

क्रिकेट वेबसाइट इएसपीएन क्रिकइन्फोले आईपीएलका बाँकी खेल र विश्वकप युएइमा हुने दाबी गर्दै आइपिएल लगत्तै विश्वकप सुरु हुने जनाएको छ। आईपीएल १९ सेप्टेम्बरदेखि १५ अक्टोबरसम्म र १७ अक्टोबर देखि टी-२० विश्वकप हुन सक्ने उसको दाबी छ। विश्वकपमा १६ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्।

फाइनल १४ नोभेम्बर मा हुन सक्ने जनाइएको छ। थाहा खबर। 

 

 

Image: NDTV Sports

Views: