d

चप्रामारी बजार हिलाम्मे, कारण यस्तो .....

Views:
Responsive Image Gallery
Responsive Image Gallery

सान नेपाल 

झापा: झापाको गौरादह नगरपालिका ५ स्थित चप्रामारी बजार हिलाम्मे हुने कारण बजेट अभाव देखिएको छ।  ढल लगायतको निर्माण कार्य  र सडक चौडा गर्ने आयोजना चल्दै गर्दा बजार क्षेत्र हिलाम्मे भएको पाइएको हो ।  

 

बजार हिलाम्मे भएर आवतजावतमा कठिनाइ भएपछी स्थानीयहरु आक्रोशित बनेका छन्।  

 

चप्रामारी बजार हिलाम्मे भएर जनजीवन अस्तव्यस्त छ भनेर स्थानियले सूचना गरेकै कारण पर्दाफास टिमले सोमबार स्थलगत रिपोर्टिंग गरेको थियो। रिपोर्टिंङ्का क्रममा सबैको साझा समस्या भएकाकारण समाधान खोजेर अगाडी बढ्नुपर्ने स्थानीयले धारणा राखेका थिए। 

 

बजार क्षेत्रमा टहरा निर्माणको कार्य समेत चलिरहेको कारण पनि सामान्य अस्तव्यस्ता देखिएको स्थानीय कै भनाइ छ।   

 उपभोक्ता समितिलाई सोध्दै नसोधी काम अगाडी बढाएकोले पनि समस्या आएको बताउछन् उपभोक्ता समितीका अध्यक्ष राम प्रसाद संग्रौला। 

'म उपभोक्ता समितिको अध्यक्ष , मलाइ नसोधी काम शुरु भयो त के गर्ने ?' - संग्रौलाको प्रश्न छ। 

संग्रौलाले त्यसो भनिरहदा उक्त पुराइको काम जिम्मा लिएका निर्माण कम्पनीका संचालक हर्क सुबेदी भनें पानी पर्ने मनसुन शुरु भै सकेको र  हतारमा काम गर्नु पर्ने भएकोले वडा अध्यक्ष संगको सल्लाहमा  १० /१२ ट्रीपर बालुवा हालिदिएको बताउछन्। 

'वडा अध्यक्षले बजारबासी र स्थानीयलाई हैरान हुने भो, सम्झौता पछि गरौला, अहिलेलाइ १ लाख बराबरको काम गरिदिनुहोस् न भन्दा मैले पनि सोहि अनुसार स्टकमा रहेको सामाग्री हालिदिएको हो।', ठेकेदार सुबेदीको भनाई छ।  

 'खोला बन्द भई सकेकोले माल पाउनै समस्या थियो, स्टकमा भएको माल हाल्दा हल्का माटो मिसिएको हुनु स्वाभाभिक नै हो,।'  
माटो मिसिएको निर्माण सामाग्री प्रयोग गरिको कारण बजार हिलाम्मे भएको स्थानियको भनाइ सत्य रहेको ठेकेदार सुबेदीको भनाई छ। 

'आवश्यक परे अझै २ / ३ गाडी माल हालिदिन सक्छु, धेरै माल हाल्न त थोरै बजेटमा कसरी सकिन्छ र?' उनि बताउछन् ।  

हतारमा काम गर्नु पर्यो, समाधान खोज्नुपर्छ  - वार्ड अध्यक्ष 

ढल लगायतका संरचना निर्माण हुँदै गर्दा र असार अगाडी काम सम्पन्न हुन नसक्ने भए पछि सडक उच्चा गर्नको लागि वडा कार्यालयबाट १ लाख रुपैयाँ छुट्याइएको थियो। बजार हिलाम्मे हुनबाट बचाउन कै लागी प्रयास गरिएको भएतापनि लगातारको वर्षाका कारण सडक हिलो भएको बताउछन् वडाध्यक्ष  छत्रपती सुबेदी।  

'समयमा ढल निर्माण होला र बाँकी काम अगाडी बढ्ला भन्दा भन्दै  बर्खा लाग्यो, वडा संग बजेट नभएकोले मुस्किलले १ लाख रुपैंया छुट्याइ दिएको थिएँ।  हतार हतारमा काम गर्नु परेकोले सम्झौता गराउन पनि बाँकी नै छ, उपभोक्तासमिति मार्फत नै फरफारक हुन्छ ।', अध्यक्ष सुबेदीको तर्क छ। 

उपभोक्ता समितिमा बस्ने व्यक्तिको अभाव भएकै कारण पनि भनेको समयमा काम हुन नसकेको अध्यक्ष सुबेदी बताउछन्।  

 'कोहि बस्ने मान्दैनन्, उपभोक्ता समितिमा बस्ने मान्छे नभए पछि कसरी काम गर्न सकिन्छ ?' उनको प्रश्न छ।  

'समयमा पानी खोलि दिएको भए समस्या नै आउने थिएन, यद्दपी माथी बाट २ /४ गाडी माल हाल्दा हुन्छ, त्यती ठुलो समस्या छैन' - वार्ड अध्यक्षको भनाई छ।  

खोला बन्द भएकै कारण समस्या भएको तर यो समस्यालाई धेरै लामो जान नदिने वार्ड अध्यक्ष सुबेदी बताउछन्।  

'केहि महिना समस्या हो, टहराहरु बन्दै छन् , ढलको काम चल्दै छ, हिलाम्मे सडक त्यतिकै छोड्ने कुरा पनि हुदैन, सडक पिच गर्ने कार्य पनि हुँदैछ , झापा र मोरंग कै मुख्य राजमार्गहरु संग चप्रमारीलाई जोड्ने लक्ष पनि त छ।',  पर्दाफास प्रतिनिधी संगको संबाद क्रममा अध्यक्ष सुबेदीले बताउनुभएको छ।  

Views: