d

रमेश रपालको कविता 'असार १५'

Views:
Responsive Image Gallery
Responsive Image Gallery

✍️. रमेश रपाल 

गाउँमा बा खेताला खोज्नु हुदैछ,
छोरो सहरमा काम खोज्दैछ
माहोल यस्तै आएको छ हजुर,बर्खा  लागेको छ ।

बाढिमा गाउँ  बगेको छ, 
सारथि मागेरै समाजसेवि बन्दैछ 
माहोल यस्तै आएको छ हजुर,बर्खा  लागेको छ ।

सरकार लकडाउन मा ब्यस्त छ,
किसान खेतिमा भासिँदै छ ।
माहोल यस्तै आएको छ हजुर,बर्खा  लागेको छ ।

गरिबि बढेको छ ,  
घरको चुल्हो बन्द हुन खोज्दै छ ।
माहोल यस्तै आएको छ हजुर,बर्खा  लागेको छ ।

व्यापारी पिडामा छ,
जनता रोग -भोक र शोक मा छ ।
माहोल यस्तै आएको छ हजुर,बर्खा  लागेको छ ।

गाउँमा बा खेताला खोज्नु हुदैछ,
छोरो सहरमा काम खोज्दैछ
माहोल यस्तै आएको छ हजुर,बर्खा  लागेको छ ।

Views: