d

ग्वालडुब्बा युवा समुहको उदाहरणीय कार्य, बिरामी बालकलाई आर्थिक सहयोग

Views:
Responsive Image Gallery
Responsive Image Gallery

     सुजन कटुवाल :-

झापा : सामाजिक रूपमा ग्वालडुब्बा क्षेत्रमा लोकप्रियता हासिल गर्दै आएको ग्वालडुब्बा युवा समुहले लामो समय देखि बिरामी भई उपचाररत एक बालकको परिवारलाई सहायता गरेको छ । 

 गौरादह नगरपालिका वडा नं.  - ७ स्थित ठकठके गाउँका बिरामी बालक  रोशन लुइँटेलको परिवारलाई नगद ३ हजार ५ रुपैयाँ  सहित खाद्यान्न सामाग्री सहयोग गरेको हो ।  

  'बिरामी बालकको परिवारको आर्थिक अबस्था कमजोर भएकोले गर्दा परिवारलाई केहि हदसम्म राहत पुगोस् भन्ने उद्देश्यले आर्थिक र खाद्यान्न सहयोग गरेका छौं ।', युवा समुहका अध्यक्ष भोला चक्रवर्तीले पर्दाफास प्रतिनिधि संग भने । 

युवासमुहले  यस संस्थाले यस अघिपनी अति विपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न सामाग्री वितरण,  प्राकृतिक विपत्तीमा परेकालाई मानविय सहयोग,  लागुऔषध दुर्व्यसनी विरुद्धको जनचेतना मुलुक कार्यक्रम, बजार एरिया दैनिक सरसफाइ कार्यक्रम, बालबालिकालाई शिक्षामा जोड दिन शैक्षिक सामाग्री वितरण , वातावरण हराभरा बनाउन वृक्षरोपण कार्यक्रम, ब्लड डोनेसन जस्ता कार्यक्रममा सक्रिय रहँदै आएको छ।

Views: