d

फ्रान्सका स्ट्राइकर एमबाप्पेले किन मागे माफी?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 एजेन्सी । फ्रान्सका स्ट्राइकर केलियन एमबाप्पेले निर्णयक पेनाल्टी हान्न बाट चुकेपछि माफी मागेका छन्। गए राति स्विट्जरल्यान्डविरुद्ध यूरो कप २०२० को अन्तिम १६ को खेलमा पेनाल्टी सुटआउटमा ५-४ गोलको अन्तरले पराजित भएको थियो।

स्विट्जरल्यान्डले अन्तिम १० मिनेटमा २ गोल गर्दै खेल ३-३ गोलको बराबरीमा ल्याएको थियो। र अतिरिक्त समयमा दुवै टोलीले कुनै गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो। फ्रान्सको लागि अन्तिममा पेनाल्टी हान्न आएका एमबाप्पेको प्रहारलाई स्विट्जरल्यान्डका गोलकिपर यान सोमेरले रोकेका थिए।

एमबाप्पेको कारणले गर्दा प्रतियोगिताबाट बाहिरिए पछि फ्रान्सका समर्थक निकै निराश भएको र त्यो रात उनी सुत्न नसकेको बताए।

Views: