d

५५ वर्ष पछि जर्मनीलाई इंग्ल्याण्डले हरायो, इंग्ल्याण्ड क्वार्टरफाइनलमा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

१५ असार, काठमाडौं । ५५ वर्षपछि ठूलो प्रतियोगिताको नकआउट चरणमा जर्मनीलाई  इंग्ल्याण्डले हराएको हराएको।  युरोकप फुटबल अन्तरगत मंगलबार राती भएको क्वार्टरफाइनल खेलमा जर्मनीले इंग्ल्याण्ड संग हार बेहोर्नु परको हो। 

इंग्ल्याण्डले जर्मनीलाई  २-० गोल अन्तरले हराएको हो ।

 जितसँगै इंग्ल्याण्डले सन् १९९६ को युरो सेमिफाइनलमा बेहोर्नुपरेको लज्जाजनक  हारको बदला समेत लिएको छ ।

लण्डनस्थित वेम्वली स्टेडियममा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा इंग्ल्याण्डले दुई गोल गर्‍यो । राहम स्टर्लिङले ७५औं मिनेटमा इंग्ल्याण्डलाई अग्रता दिलाए भने कप्तान ह्यारी  केनले ८६औं मिनेटमा गोल गर्दै जित सुनिश्चित गरे ।

जर्मनीको हारपछि ग्रुप अफ डेथमा रहेका सबै टिम युरो २०२० बाट बाहिरिएका छन् ।  साविक विजेता पोर्चुगल र फ्रान्स अन्तिम १६ बाटै बाहिरिसकेका छन् ।

Views: