d

नेकपा एमाले जनतामाझ अझ लोकप्रिय हुँदैछ-प्रधानमन्त्री

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका ऐतिहासिक कामका कारण नेकपा एमाले जनतामाझ झन लोकप्रिय हुँदै गएको बताएका छन् ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा दशौँ महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दे वर्तमान सरकारले ऐतिहासिक रुपमा अभूतपुर्वक ढंगले विकास निर्माणको गतिलाई अघि बढाएका कारण जनतामा लोकप्रिय हुँदै गएको बताएका हुन् ।

उनले भने “योजनावद्ध दृष्टिकोण सहितको विकासको तिब्र आकांक्षा र त्यस आकाक्षालाई व्यवहारमा परिणत गर्ने हाम्रो प्रतिवद्धता र तदनुसारको क्रियाकलापहरुले हाम्रो पार्टी झन बढी लोकप्रिय हुदै अगाडि बढीरहेको छ । ”

बिमिस्टेक, लगानी सम्मेलन लगायत अन्तराष्ट्रिय स्तरका विभिन्न सम्मेलन गरेर ती सम्मेलनमा सही धारणा र विचार अघि सारेका कारण नेपालप्रति विश्वको ध्यानाकर्षण भएको दाबी पनि गरे ।

उनले भने“राष्ट्रिय हित सार्वभौमसत्तालाई सम्बद्र्धन गरिरहेको र हाम्रा छिमेकी मित्रराष्टहरुको सम्बन्धमा कतै असमझदारी पैदा भईहाल्यो भने त्यसलाई राष्ट्रिय हित, न्याय र अन्तराष्ट्रिय उत्तरदायित्वका आधारमा पारस्परिक लाभ र पारस्परिक सम्मानका आधारमा , सार्वभौम समानताका आधारमा मतभेद हटाउदै लगेका थियौ । विकास गर्दे लगेका थियौ । इतिहासमा पहिले कहिलेही नभएका ठूला ठूला सकारात्मक लक्ष्यहरु प्रकट भएका थिए । ”

सरकारले राम्रो काम गरेर जनतामाझ लोकप्रिय हुदै जाँदमा पार्टीभित्र भित्रै बेग्लै योजना बन्दै गएको र ती योजनाहरु व्यवहारमा भद्धा ढंगले प्रकट हुदै आएको टिप्पणी गरे ।

उनले भने “खासगरि सञ्चारमाध्यममा पार्टीका नीतिहरु अनि पार्टी नेतृत्वको धज्जी उडाउने, गाली बेइजति र अपमान गर्ने र सरकारले गरेका राम्रा उपलब्धिहरुको चर्चा नगर्ने लगायतका थुप्रै प्रयासहरु चलिरहे । प्रचारात्मक ढंगले । यस्ता कुराले जनतामा वितृष्णा र नैराश्यता पैदा भएको छ । जनता दुखी छन् र निराश छन् । ”

प्रधानमन्त्री ओलीले सरकारको नेतृत्वको दुई बर्षपछि पार्टीभित्रैबाट पदीय आकांक्षाका लागि असाधारण अस्वस्थता सुरु भएको दाबी गरे । पार्टीभित्र अस्थिरता पैदा गर्ने कार्यमा केही व्यक्तिहरु जालझेल, षडयन्त्र,तिकडमका साथ गुटबन्दिमा क्रियाशिल भएको जिकिर प्रधानमन्त्री ओलीले गरे । अहिले त्यो खेल विरोधीहरुसंगको साँठगाठमा प्रवेश गरेको पनि उनले टिप्पणी गरे । पार्टीभित्र पार्टी सञ्चालनका लागि अबैध सम्झौता गर्नुपर्ने अवस्था श्रृजना गरिएको उनले दाबी गरे ।

उनले भने “सरकारको नेतृत्वको दुई बर्षपछि पार्टीभित्र असाधारण अस्वस्थता सुरु भयो । पदीय आकांक्षाका लागि । अस्वस्थ्य पदीय आकांक्षाका लागि । जालझेल, षडयन्त्र, तिकडमबाट ,पार्टीभित्रको अस्वस्थ्य गुठबन्दिबाट अस्थिरता पार्टीमा पैदा गर्न केही तत्वहरु पार्टीभित्र क्रियाशिल भए । त्यससले पार्टी भित्र असहज वातावरण तर्फ लग्यो । २ बर्ष पुरा भईसकेपछि पर्टीभित्रैबाट राजीनामा माग्न हतारो । अरुको अविश्वास प्रस्ताव राख्ने हैसियत नभएको स्थितिमा राजीनामाको बबण्डर मच्चाउन खोजियो । अस्थिरता ल्याउने खेल सुरु भयो । त्यो खेल अब विरोधीहरुसंगको साँठगाठमा गयो । जे भेटिन्छ त्यसको प्रयोग गर्ने । जे प्रयोग गरेर झटारो हान्न सकिन्छ, पार्टीलाई कमजोर पार्न सकिन्छ त्यो गर्ने । यस खालका प्रयास हुदै आए ।”

उनले गुटबन्दीमा संलग्न केही व्यक्तिका क्रियाकलापका कारण पार्टी असहज, असामान्य स्थिति र दुर्घटनातर्फ जादैछ भन्ने स्थिति सम्म श्रृजना भएको बताए । उनले पार्टी भित्रैको एक समुहले पार्टी कब्जा गर्ने उद्देश्य साथ आफुलाई साधरण सदस्यता पनि नरहने गरि निष्कासन गरेको स्मरण गरे । पार्टी भित्रैबाट अनावश्यक झमेला झिक्ने, संसदलाई प्रभावकारी हुन नदिने, विधेयकहरु बन्न नदिएर अल्झाउने काम भएपछि आफुले संसद विघटन गरेको उल्लेख गर्दे प्रधानमन्त्री ओलीले प्रतिनिसिभा पुर्नस्थापना पछिको पहिलो दिनको संसद बैठकमा भएका क्रियाकलापको पनि चर्चा गरे । द नेपाल टप बाट साभार गरिएको। 

Views: