d

राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीसहित २० जनाविरुद्ध पक्राउ पूर्जी जारी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

रुपन्देही : दाङ जिल्ला अदालतले राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीसहित २० जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । देउखुरी बचत तथा ऋण सहकारी संस्थाको पाँच करोडभन्दा बढी रकम हिनामिनाको आरोपमा पक्राउ पुर्जी जारी गरिएको हो ।

रकम हिनामिनाको मुद्दामा अनुपस्थित रहँदैआएपछि अध्यक्ष सुवेदीसहित २० जनालाई अदालतबाटै पुर्जी जारी गर्न प्रहरीले माग गरेको थियो । सोही मुद्दामा अदालतले पक्राउ पुर्जी जारी गरेको श्रेस्तेदार धनसिंह गिरीले बताए । उनीहरु सबैविरुद्ध ३५ दिने पक्राउ पूर्जी जारी गरिएको उनले बताए । त्यस मुद्दामा सहकारीका चार जना जना कर्मचारी यसअघि नै अदालतको आदेशानुसार पुर्पक्षका लागि थुनामा छन् । पक्राउ परेका पाँच जनामध्ये एक महिलालाई भने साधारण तारेखमा छोडिएको छ ।

कर्मचारी र पदाधिकारीहरुसहित २५ जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको छ । उता गाउँपालिकाका अध्यक्ष सुवेदीले अदातलबाट बोलावट भएपछि आफैं उपस्थित हुने र सहकारीमा भएको वास्तविकता वयान गर्ने बताएका छन् । पक्राउपुर्जीबारे भने उनले अनभिज्ञता प्रकट गरे ।

द नेपालटप

Views: