d

 एमाले दशौं महाधिवेशन आयोजक कमिटि भंग, केन्द्रिय कमिटी शक्तिशाली 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं : नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटी भंग गरिएको छ ।   बालुवाटारमा बुधवार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले महाधिवेशन आयोजक कमिटी भंग गर्दै नेकपा एकतापछि स्थायी कमिटीमा समेटिएका एमालेका चार र माओवादीका चार नेतालाई थप गर्ने निर्णय गरेको हो।  

महाधिवेशन आयोजक कमिटी भंग भए संगै एमालेका हरेक कामकारवाही केन्द्रीय कमिटीकै नामबाट सन्चालन हुने बताइएको छ।  

उक्त कमिटी खारेज भए सँगै माधव नेपालसहित ११ जना नेतामाथि यसअघि गरिएको कारवाही समेत निष्क्रिय भएको बताइएको छ।  सर्वोच्च अदालतको पछिल्लो आदेशानुसार सबै कारवाही निस्प्रभावी भएको तथा  नेकपा एकता प्रक्रियामा एमालेबाट थपिएका रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघुजी पन्तसहित माओवादीतर्फ नलागेर एमालेमै समाहित भएका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापालाई स्थायी कमिटी सदस्य बनाइएको छ । 

Views: