d

अफ्रिकन मुलुक सिएरा लिओनसँग नेपालको दौंत्य सम्बन्ध स्थापना, बन्यो १७१औं मित्र राष्ट्र 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं : नेपाल र अफ्रिकन राष्ट्र सिएरा लिओनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। 

दौंत्य सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त सहमतिपत्रमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र उक्त विश्व संस्थाका निम्ति सिएरा लिओनका स्थायी प्रतिनिधि अलि काब्बाले न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा बुधबार भएको संक्षिप्त कार्यक्रममा हस्ताक्षर गरेका हुन् ।

पश्चिमी अफ्रिकन मुलुक सिएरा लिओन संग कूटनीतिक सम्बन्ध स्थापना भए  सँगै नेपालको बाह्य सम्बन्ध १७१ राष्ट्रमा विस्तार भएको छ ।

नेपाल र सिएरा लिओनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेशलाई अवगत गराउने संयुक्त जानकारीपत्रमा पनि दुवै देशका राजदूतले हस्ताक्षर गरेका उक्त नियोगले जनाएको छ ।

Views: