d

भारी वर्षाशुरु, शनिबारसम्मै अविरल वर्षा हुने मौसम पूर्वानुमान महाशाखाको भनाइ 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 १७ असार, काठमाडौं । मुलुकका अधिकांश भागमा  भारी वर्षा शुरु भएको छ । बागमती र गण्डकी लगायत प्रदेश १ र २, मा बुधबार रातिदेखि अविरल रुपमा वर्षा सुरु भएको हो । 

मध्यमदेखि भारी वर्षा शनिबारसम्मै कायम रहेने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा शनिबारसम्मै भारी वर्षा हुनेछ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने केही कम पानी पर्ने महाशाखाद्वारा जारी सूचनामा उल्लेख छ । पश्चिमी क्षेत्रमा पानी कम परे पनि मौसम भने देशैभर पूर्ण रुपमा बदली भएको महाशाखाले जनाएको छ ।

धेरै वर्षा हुने क्षेत्रमा बिहीबार, शुक्रबार र शनिबार चट्याङ पर्ने सम्भावना पनि रहेकोले सतर्क रहन आग्रह गरिएको छ । यी क्षेत्रमा भारी वर्षाका नदीको सतह बढ्ने, बाढीपहिरो आउनसक्ने सम्भावनासमेत रहेको भन्दै महाशाखाले सचेत गराएको छ ।

 

file image

Views: