d

सामान्य वर्षा मै जलमग्न गौरादह 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 झापा: मुलुकभर शुरु भएको  झापाको गौरादहमा पनि  गत २४ घण्टा देखि सामान्य रुपमा वर्षा भइरहेको छ ।

वर्षा शुरु भए संगै कृषि पेशामा आस्रित नगरबासीहरु धानरोपाईमा व्यस्त भएका छन् ।

भारी वर्षा नभएतापनी अविरल रूपमा आएको झरीले डिपुचोक पश्चिमको भाग जलमग्न हुन थालेको छ ।

पानीको निकास नहुदा डिपु पश्चिम-उत्तरको भाग बर्सेनि जलमग्न हुने गरेको र जेठको अन्तिम देखि मंसिर सम्म जलमग्न हुनेकारण यो भेगमा धान रोपाइँ वर्षौं देखि हुन नसकेको पाइन्छ ।

स्थानीयहरु भन्छन्,'सबैतिरको पानी यहीँ आएर जम्मा हुन्छ, वर्खाको मौसममा जम्मा भएको पानी मंसिर सम्म सुक्दैन, उपयुक्त निकासको व्यवस्था नहुदा समस्या भएको  हो ' 
 

Views: