d

त्रासमा तनहु : भादगाउँमा छाब्दी पुल बग्यो, पृथ्वी राजमार्ग अवरुद्ध

Views:
Responsive Image Gallery
Responsive Image Gallery

दमौली : रातभर परेको अबिरल वर्षाका कारण व्यास १ र १३ जोड्ने छाब्दी खोलाको पुल बगाएको छ। पुल बगेपछि बिहानैदेखि दुई वडाको सम्पर्कविच्छेद भएको छ।

छाब्दी खोलामा ठूलो बाढी आएपछि पुल भत्किएको भादगाउँका स्थानीय विश्व बाँस्तोलाले जानकारी दिए। उनले स्थानीय केही घर जोखिममा परेको समेत बताए। पानीको बहाव अझ नघटेमा थप क्षति हुने सम्भावना देखिएको उनले बताए। 

पृथ्वी राजमार्ग अन्र्तगत छिर्कनेमा पाँच ठाउँमा खसेको पहिरोमध्ये केही हटेपनि केही ठाउँमा अझै हटाउने काम जारी छ। प्रहरी नायब उपरीक्षक युवराज तिमल्सेनाका अनुसार पहिरो हटाउने प्रयत्न भइरहेको छ। बिहान साढे तीन बजेदेखि नै राजमार्ग अवरुद्ध छ।

अन्य धेरै ठाउँमा पनि पहिरो खसेको जानकारी आएपनि हालसम्म मानवीय क्षति भने नसुनिएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए। ‘धेरै ठाउँमा पहिरो खसेका विवरण आएका छन्।’ उनले भने,‘हालसम्म मानवीय क्षति छैन।’

पहिरोमा पुरेर २ बेपत्ता
बन्दीपुर ३ तामुङमा पहिरोले पाँच घर पुरेको छ। गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेश सुवेदीका अनुसार पहिरोमा पुरिएर दुई बेपत्ता छन्। 
अन्नपुर्ण पोस्टमा खबर छ। 

 

 

Image: kusenews.com

Views: