d

रोटरी क्लब अफ काँकरभिट्टाको अध्यक्षमा रोहितकुमार बुढाथोकी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काँकरभिट्टा, १७ असार ।  रोटरी क्लब अफ काँकरभिट्टाको नयाँ नेतृत्व चयन भएको छ।  सन् २०२०/२०२१ अध्यक्षको कार्यभार रोहितकुमार बुढाथोकीले सम्हाल्ने भएका हुन्।  बुढाथोकी  नेतृत्वको टिमले आजदेखि पदभार ग्रहण गर्ने जनाएको छ।  

क्लबका निवर्तमान अध्यक्ष कृष्णकान्त (नवराज) खनियाको कार्यकाल आज राती १२ बजे बाट पुरा हुने बताइएको छ । क्लबको सन् २०२१÷२०२२ का लागि अन्य पदाधिकारीहरुमा निवर्तमान अध्यक्षमा खनिया, प्रथम उपाध्यक्षमा डाक्टर आनन्दराज खनाल, द्वितीय उपाध्यक्ष मेदनिप्रसाद खरेल, प्रेसिडेण्ट इलेक्टमा सुजन प्रधान, प्रेसिडेण्ट नोमिनीमा इञ्जिनियर रुद्रप्रसाद मैनाली, सचिवमा उदयकुमार श्रेष्ठ, महासचिवमा भगिरथ राई र कोषाध्यक्षमा युवराज भट्टराई चयन भएका छन् ।

त्यस्तै रोटरी क्लव अफ काँकरभिट्टाको सन् २०२१÷२०२२ को क्लव एडमिनिट्रेशन चियर राजु मर्हजन, मेम्वर सीप चियर कृष्णराज पौडेल, पव्लिक रिलेसन चियर शरद खनाल, टिआरएफ चियर बशन्त तिवारी, सर्जेन्ट एट आर्म्स अशोककुमार श्रेष्ठ, यूथ सर्भिस चियर रविचन्द्र नेपाल, रोट्रयाक्ट मेन्टर पेमा लामा, आइटि चियर दुर्गाबहादुर लुइटेल, टच कमिटी चियर राधिका गुरुङ, वेभ मास्टर इञ्जिनियर विवेक श्रेष्ठ, क्लब मेन्टर मोहन निरौला, क्लब ट्रेन्र दिलीप सुवेदी, क्लब एडभाइजरमा गोपाल तामाङ्ग, ललितबहादुर तामाङ्ग, विमल आचार्य, केशवराज पाण्डे, कमल थापा रहेका छन् ।

यसैगरी सदस्यहरुमा नविन वराल, लक्ष्मीदेवि खनियाँ, मुना प्रधान, विजया तामाङ्ग, गीता आचार्य, जीवनबावु सिल्वाल, बव्लु क्षेत्री र प्रकाश श्रेष्ठ रहेका छन्।  

Views: