d

गौरादह नगरपालिका: रासायनिक मल बितरणमा सेन्टिगेट

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झगेन्द्र खड्का 

झापा: गौरादह नगरपालिकाले नगरबासीलाई रासायनिक मल बितरणमा सेन्टिगेट लगाएकाे छ।खेती गर्ने समयमा स्थानीय सरकारले किसानलाई सहज र सरल तरिकाबाट रासायनिक मल उपलब्ध गराउनु पर्नेमा निस्चित स्थान ताेकेर किसानलाई हैरान बनाएकाे छ।

 

स्थानीय सरकारले नगरपालिका भित्रका सहकारी संस्थाहरुलाई मलकाे डिलर उपलब्ध गराएर प्रक्रियामुखी बनेकाे  छ।

 

सहकारी संस्था मार्फत उपलब्ध गराइने मल खरिद गर्न किसानले पैसामात्र बाेकेर गएभने मल पाउदैनन्।मल लिनकाे लागि किसानले पैसाका साथै नेपाली नागरिकता र जग्गा धनिपुर्जाकाे प्रतिलिपी लिएर जानू पर्छ।किसानकाे आवश्यकता अनुसार मल बितरण हुदैन र जतिपटक मल किन्न गयाे उतिनै पटक नागरिकता र धनीपुर्जाकाे प्रतिलिपी लिएर जानु पर्छ।सहकारी संस्थालाई डिलर दिएर वडाबासीलाई नगरपालिकाले ताेकिएकाे सहकारीमा मल खरिद गर्न भनिएकाे छ।

नगरपालिकाले ताेकेकाे सहकारी भन्दा अर्काे सहकारीमा गएर वडाबासीले मल खरिद गर्न पाउदैनन्। किसानलाई मल खरिदमा वडापिच्छे सहकारी ताेकेर नागिकता र धनिपुर्जाकाे फाेटाेकपी पटकपटक मागेर हैरान बनाएका छन। नगरपालिकाले रासायनिक मल बिक्रीवितरणमा सेन्टीगेट लगाउदा किसानलाई हैरान भएकाे छ।

 

गौरादह नगरपालिका भित्र बसाेबास गरेर खेती गर्ने किसानले आफुलाई पायक पर्ने स्थानबाट रासायनिक मल खरिद गर्न पाउदैनन्।कृषि प्रधान देशमा किसानले आफुलाई पायक पर्ने स्थानमा सहज रुपमा मल खरिद गर्न नपाउनु बिडम्बना भएकाे गौरादह -२ का किसान ज्ञान बहादुर खड्का बताउँछन्।असार लागेर खेती गर्ने समय भइसक्दा समेत रासायनिक मल पाइन्दैन। सहकारी संस्थामा मल आएकाे थाहापाउन साथ सहकारी पुग्दा किसानहरु लाइनमा बसेका हुन्छन।

 

रासायनिक मल लिनका लागि लाइमा बसेपनि मल कम आएका कारण पछाडि बस्नेले मल पाउदैन।सरुमै गएर सहकारी अगाडि लाइनमा बस्ने किसानले मल पाएपनि पछाडि बस्नेकाे पालाे आउदैन। लामाे समय मलका लागि लाइनमा बसेर रित्तै फर्कनु पर्ने बाध्यता भएकाे खड्का बताउँछन्।मल पाइन्दैन भनेर साेध्दा आएकाे मल सकियाे फेरि मल आउँछ अनि आएर लानुहाेस भनेर सहकारीले भन्ने गरेका छन।

 

कृषि सामग्री कम्पनीले सिमित मात्रामा मल पठाउदा सबै किसानलाई एकैसाथ मल बितरण गर्न नसकिएकाे सहकारी संस्था बताउँछन्।रासायनिक मल बिक्रीमा नगरपालिकाले वडाका लागि सहकारी संस्था ताेकिदिएकाले अर्काे वडामा बसाेबास गर्ने किसानलाई मल दिन नसकिएकाे जुराेपानी बहुउद्देश्यीय सहकारी संस्थाका मुख्य व्यवस्थापक कुमार चापागाईं बताउँछन्।

 

नगरपालिकाले जानकारी गराए अनुसार नागरिकता र धनीपुर्जाकाे प्रतिलिपी लिएर किसानलाई मल उपलब्ध गाराएकाे व्यवस्थापक चापागाईं बताउँछन्। एक पालिकामा आएकाे रासायनिक मल अर्काे पालिकाका किसानपनि आएर लान सक्ने भएकाले आफ्नेा पालिकाका किसानले सहज रुपमा मल पाउन भन्ने उदेश्यले सहकारी संस्थालाई डिलर उपलब्ध गराएर वडा ताेकिएकाे गौरादह नगरपालिकाकि उपमेयर गीता भेटुवाल बताउँछिन्।किसानलाई रासायनिक मल सहज रुपमा सबैलाई उपलब्ध गराउन वडा छुट्याएर सहकारीलाई जिम्मा दिएकाे उपमेयर भेटुवालकाे भनाइ छ।

Views: