d

क्यानाडामा गर्मीको जोखिम, २३० जनाको गयो ज्यान 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

क्यानडामा अत्यधिक गर्मीका कारण पछिल्ला केही दिनमा आएको तातो हावामा परेर कम्तीमा पनि २३० जनाको मृत्यु भएको छ । क्यानडाका अधिकारीहरुले दिएको जानकारीअनुसार क्यानाडाको तापक्रम अहिलेसम्मकै सबैभन्दा उच्च विन्दुमा पुगेको छ । यस तापक्रमका कारण तातो हावा चलिरहेको बताइएको छ । यसैकारण ती नागरिकको मृत्यु भएको हो । त्यहाँका विभिन्न स्वास्थ्य समस्यासँग जुधिरहेका वृद्ध मानिसहरुलाई यो तातो हावाले बढी असर गरेको छ । मृत्यु हुनेमा धेरैजसो तिनै नागरिकहरु परेका बताइएको छ । 

क्यानडाको खासगरी ब्रिटिश कोलम्बिया प्रान्तका नागरिक बढी प्रभावित भएका छन् । जसका कारण त्यहाँका नागरिकमा विभिन्न स्वास्थ्य समस्याहरु पनि देखिएको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् ।

मंगलबार मात्र क्यानडाको तापक्रम अधिकतम ४९.६ डिग्री सेल्सियममा पुगेको थियो । त्यहाँ यो अहिलेसम्मकै उच्च तापक्रम भएको बताइएको छ । क्यानडाको तापक्रम बुधबार चौथो दिन पनि उच्च नै रहेको छ ।

अमेरिकाको उत्तर पश्चिमी क्षेत्रमा पनि तापक्रम निकै बढेको छ । तातो हावाका कारण अमेरिकाका यी क्षेत्रमा पनि केही मानिसको ज्यान गएकोे छ । तातो हावाका कारण ब्रिटिश कोलम्बिया क्षेत्रमा जनजीवन नै प्रभावित भएको छ। 

ब्रिटिश कोलम्बिया प्रान्तको लिटन गाउँमा सबैभन्दा धेरै तापक्रम देखिएको छ। उक्त गाउँका स्थानीयहरुका अनुसार अहिले सो गाउँबाट मानिसहरु बाहिर निस्किन सक्ने अवस्था देखिएको छैन । 

क्यानडाको भ्यानकुभरमा मात्रै गत शुक्रबारयता ६५ जनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनुमा अत्यधिक गर्मी नै प्रमुख कारण रहेको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीको भनाई छ ।अन्नपुर्ण। 

 

 

Image: Wion

Views: