d

देभिन रिमालको 'समृद्धिको ललिपप'

Views:
Responsive Image Gallery
Responsive Image Gallery

✍️.देभिन रिमाल 

बिहानैको एक कप चिया पिइसके पछि उ कुर्सी बाट जुरुक्क उठ्यो र स्वर्गीय आनन्द स्वरुप आङ तान्यो , बिरालो बुरुक्क उफेर चियाको खाली कप भएको टेबलमा आइपुग्यो ! 
" आज छैन साउनी " ? उसले बढेका लामा दाह्री कन्याउदै सोध्यो ! 
पहिलाकै बाकी छ ' साउनीले गिलास धुदै जवाफ दिइन । 
पाचको मात्र दिनु न यो बन्द खुलेसी जम्मै दिन्छु ! कुकुरले सुती सुती हाइ काड्यो । 
लकडाउनले हामी लाई झन माल ल्याउनै गाह्रो छ छिटो गर्दिनु नि धेरै दिन बाकी हुदैन हामी पनि त चल्नु परो " साउनिले रेडीयोको भोल्युम बढाउदै भनिन, सबैले रेडियो तिर कान केन्द्रीत गरे बिहान ७ बजेको समाचार सुन्न ! 
म्याउ .. बिरालो साउनिको खुट्टामा घुस्रीदै कराउदै थ्यो । 

उ फेरि कुर्सिमै बसेर एउटा हात टेबलमा राखेर अर्को हातले दाह्री मिलाउदै थ्यो .." साउनिले चिया गिलासमा सफा पानी ल्याएर झर्को मानेझै  ट्याक्क उसको अगाडी राखिदिइन ," छिटो गर्नु है भाइ पहिलाको बाकी ! यो पनि पाचको आउदैन यो १० को हो नि !" उ बोलेन ... 

रेडीयोले समाचार भन्दै थियो " यस आर्थिक बर्षमा राजश्व बाट १० खर्ब सङ्कल गर्ने कार्ययोजना , साथै शिक्षित बेरोजगारलाइ उनिहरुको शैक्षिक योग्यताको प्रमाणपत्रको आधारमा २५ लाख सम्मको कर्जा उपलब्ध गराउने .......!" 
उसले एक गिलास स्वाट्ट पार्यो र मुख बिगार्दै पिच्च थुक्यो ...!"

बिरालो कुदेर आयो र उसको थुक एक झमट सुघ्यो र फनक्क फर्कियो ...!
सायद बिरालोले सोच्यो " माछो माछो भ्यागुतो ! 

" आजको २० भयो है साउनी लेखिदिनु " उ तास खेल्ने ग्रुपको खोजीमा निस्कियो ! साउनी निहुरेर गिलास धोइरहीन ....! "

Views: