d

छिमेकी राष्ट्र भारतमा कोरोनाको कारण ४ लाख बढीको मृत्यु

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा:-कोरोना भाइरसको कारण भारतमा हालसम्ममा चार लाख भन्दा बढीको मृत्यु भइसकेको छ। भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको अनुसार भारतमा हालसम्म ४ लाख ३१२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा ८५३ कोरोना संक्रमितको मृत्यु भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा भारतमा ४६ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । योसँगै भारतमा कोरोना संक्रमितको कुल संख्या ३ करोड ४ लाख ५८ हजार नाघेको छ । गत २४ घण्टामा भारतको केरलामा १२ हजारभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् भने महाराष्ट्रमा ९ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो केही दिन यता भारतमा संक्रमण दर घट्दो अबस्थामा रहेको छ।

Views: