d

मनकामना स्मार्ट लघुवित्त: आइपिओ बिक्री खुला भएको दुई दिनमा करीब १० लाखले आवेदन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ: मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आइपिओ बिक्री खुला भएको दुई दिनमा करीब १० लाखले आवेदन दिएका छन् ।
आज अर्थात दोस्रो दिन बिहान साढे १० बजेसम्म नौ लाख ९६ हजार ३३८ जनाको आवेदन भरेको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको हो ।

यस कम्पनीले हिजोबाट सर्वसाधारणका लागि रु. तीन करोड ८९ लाख बराबरको आइपीओ बिक्री खुला गरेको थियो।

कम्पनीका अनुसार प्रतिकित्ता १०० रुपैयाँ दरले तीन लाख ८९ हजार ४९२ कित्ता बिक्री खुला गरेको छ । जसमध्ये जारी पूुजीको ५ प्रतिशत अर्थात् १९ हजार ४५० कित्ता शेयर सामूहिक लगानीका लागि र छ हजार ५८ कित्ता अर्थात ०.५ प्रतिशत कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । बाँकी रहेको तीन लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

कम्पनीका अनुसार इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । नेपाल धितोपत्र बोर्डले उक्त कम्पनीलाई असार ६ गते मात्रै शेयर जारी गर्न स्वीकृति दिएको थियो । द नेपाल टप 

 

Image: NEPSE STOCK

Views: