d

चिनियाँ खोप कम्पनी सिनोफार्मसँग सम्झौता, असार २४ देखि भेरोसेल खोप आउने (विज्ञप्ती सहित)

Views:
Responsive Image Gallery
Responsive Image Gallery

१८ असार, काठमाडौं । सरकारले कोरोना खोप भेरोसेल खरीदका लागि चिनियाँ कम्पनी सिनोफार्मसँग सम्झौता गरेको बताएको छ।  

सरकारका तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले विज्ञप्ति जारी गर्दै  सिनोर्फमसँग खोप खरिदको सम्झौता भएको बताएका हुन् । 

कति खोप आपुर्ती लागि कुन मुल्यमा सम्झौता गरिएको हो विज्ञप्तीमा खुलाएको छैन।  

विज्ञप्तीमा भनिएको छ , 'आगामी २४ असारबाट खोप आपूर्ति सुरु हुने र साप्ताहिक रुपमा आउने छ।'

तर कति खोप आपूर्तिका लागि कति मूल्यमा सम्झौता भएको खुलाएका छैनन् ।

अधिकारीहरूका अनुसार ४० लाख डोज खरिदका लागि सम्झौता भएको छ । ‘नन् डिस्क्लोजेवल एग्रिमेन्ट (एनडीए) अनुसार खोप खरीद गरिएको भएकाले थप कुराहरु भन्न मिल्दैन’ मन्त्रालयका उच्च अधिकारीले भने ।

मन्त्रालयका ती अधिकारीका अनुसार पछिल्लो २ साता चीनसँग ननडिस्कोजेवल एग्रिमेण्ट गर्न सरकारले पहल गरिरहेको थियो । नेपालले खोप खरीदको लागि प्रस्ताव राख्दा चीनले गोप्य सम्झौता गर्नुपर्ने बताएको थियो । खोप खरीदको लागि अन्य विकल्प बन्द भएपछि सरकार गोप्य सम्झौताको लागि तयार भएको अधिकारीहरूले बताएका छन् ।

 

Views: