d

खान दम्पतीले गरे सम्बन्धविच्छेद 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

बलिउड अभिनेता आमिर खानले श्रीमतीसँग सम्बन्धविच्छेद गरेका छन्।  श्रीमती किरण रावसँग १५ वर्षको यात्रा  सहमतिमा टुंगिएको बताएका छन्।

उनीहरूले २००५ को डिसेम्बरमा बिहे गरेका थिए। आमिर र किरणले सम्बन्धविच्छेदको बारेमा आधिकारिक विज्ञप्ति पनि जारी गरेका छन्।

'१५ वर्ष हामीले सँगै बितायौं।  हामी प्रत्येक क्षण हास्नका साथ बाँच्यौं र हाम्रो सम्बन्ध विश्वास, सम्मान र प्रेमको साथ बढ्दै गयो। अब हामी आफ्नो जीवनको नयाँ अध्याय सुरु गर्नेछौं। जुन पति र पत्नी जस्तो हुँदैन', विज्ञप्तिमा लेखिएको छ, 'हामीले हाम्रो अलग्गै योजना बनाएको थियौं र अब हामी छुट्टै बस्नेछौं।  हामी छोरा आजादको अभिभावकत्वमा कुनै कसुर बाँकी राख्ने छैनौं।'

सम्बन्धविच्छेद भए पनि फिल्म र हाम्रो पानी फाउण्डेशनलगायत सबै प्रोजेक्टहरूमा एकसाथ काम जारी राख्ने दुवैले बताएका छन्। थाहा। 

Views: