d

ह्याकरको निसानामा अमेरिकन कम्पनी, २०० भन्दा बढी  कम्पनीमाथि साइबर हमला

Views:
Responsive Image Gallery
Responsive Image Gallery

अमेरिकाका २०० भन्दा बढी कम्पनी एउटा ठूलो साइबर आक्रमणको शिकार बनेका छन्। र्‍यानसम वेयर ह्याकर समूहले अमेरिकाका प्रतिष्ठित कम्पनीहरुमाथि आक्रमण गरेको हो।

Symbolic Image: CSO online

साइबर अपराधसम्बन्धी जानकारी राख्ने हन्ट्रेस ल्याबले ह्याकर्सले आफ्नो सफ्टवेयरबाट आइटी कम्पनी कासियालाई निशाना बनाएको र त्यसपछि कासियाको कर्पोरेट नेटवर्कको दुरुपयोग गरी सयौँ कम्पनीमाथि आक्रमण गरेको बताएको छ। कासियाले आफ्नो वेबसाइटमा सम्भावित साइबर आक्रमणको अनुसन्धान भइरहेको बताएको छ।

हन्ट्रेस ल्याब्सले यो आक्रमणको पछाडि रेविल र्‍यानसम वेयर समूहको संलग्नता रहेको र यो रुसी ह्याकरको समूह रहेको बताएको छ। साइबर सुरक्षाका लागि जिम्मेवार अमेरिकाको एक संघीय एजेन्सीले साइबर आक्रमणको अनुसन्धान भइरहेको बताएको छ। कासियाले आफ्नो वक्तव्यमा कयौँ कम्पनीहरु आक्रमणको चपेटामा परेको बताए पनि हन्ट्रेस ल्याबले २ सय कम्पनीमा साइबर आक्रमण भएको बताएको छ। थाहा। 

Views: