d

राप्रपा महाधिवेशन २७-३० कार्तिकमा,वडा देखि प्रदेश सम्म निर्वाचन बाटै जाने तयारी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको यसअघि स्थगित भएको एकता महाधिवेशन आगामी कार्तिक २७ देखि ३० गतेसम्म काठमाडौंमा हुने नयाँ मिति तय भएको छ । शनिबार नेतात्रयको उपस्थितिमा बसेको पार्टी केन्द्रीय निर्देशन समितिको बैठकले नयाँ मिति तय गरेको हो ।
बैठकले परिमार्जित कार्यतालिका अनुसार, सकृय सदस्यता वितरण एवं वडा, गाउँ, नगर, प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला कार्यसमितिको निर्वाचन भदौ मसान्तसम्म गरिसक्ने निर्णय गरेको छ ।

Image: Rastriyasamachar.com
यसैगरी सकृय सदस्यको अन्तिम सूची तयार गरी केन्द्रीय निर्वाचन समितलाई असोज सात सम्म बुझाउने निर्णय गरेको बैठकले प्रदेशसभा निर्वाचन क्षेत्रमा सकृय सदस्यहरुबाट महाधिवेशन प्रतिनिधिहरुको निर्वाचन असोज २० गतेसम्म सक्ने निर्णय गरेको छ । त्यस्तै प्रदेश कार्यसमितिको निर्वाचन असोज १५ सम्ममा सक्ने निर्णय गरेको छ ।

 

May be an image of text

May be an image of text

 

 

Views: