d

संघीयता र धर्म निरपेक्षताबारे समीक्षा गराैँ- महेश बस्नेत 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

  ​काठमाडौं : (नेकपा एमाले) को जारी १३ औ केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य महेश बस्नेतले  ८ बुँदे प्रस्ताव पेश गरेका छन्।

बस्नेतले संघीयतादेखि धर्म निरपेक्षताको बिषयमा समीक्षा गर्नुपर्ने प्रस्ताव पेश गरेका हुन्। 'संघीयताको बारेमा समीक्षा गरौं, मुलुकको विशिष्ठ पहिचान घोषणा गरौं, धर्म निरपेक्षताको बारेमा बहस गरौं, शासकीय स्वरुप प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बनाऔँ' नेता बस्नेतकाे प्रस्ताव छ।

उनले दुई कार्यकालभन्दा बढी प्रधानमन्त्री बन्न नमिल्ने संवैधानिक व्यवस्था गर्नुपर्ने समेत माग गरेका छन्। पार्टी अध्यक्ष दुई कार्यकाल, पदाधिकारी ३ कार्यकाल भन्दा बस्न नपाउने व्यवस्था गर्नुपर्नेमा उनको जाेड छ।

पार्टी र राज्यका राजकीय र शासकीय स्थानमा युवाहरुको ४० प्रतिशत सुनिश्चित गर्नुपर्ने र पार्टी महाधिवेशनको राजनैतिक प्रतिवेदन र विधान चुनावको घोषणा पत्रमा सबै बिषय सम्बोधन गर्न कार्यदल बनाएर अघि बढ्न बस्नेतले प्रस्ताव गरेका छन्।

 

श्री अध्यक्ष ज्यू

केन्द्रीय कमिटी नेकपा एमाले

बदलिँदो विश्व परिवेश र राजनीतिक अवस्थिति अनि मुलुकको आवश्यकतालाई ध्यानमा राखी हाम्रो ऐतिहासिक पार्टी नेकपा एमालेले विगतदेखि नै परिवर्तनको संवाहकका रुपमा आफ्नो गहन भूमिका निर्वाह गर्दै आएको छ।

मुलुकमा भएका सबै राजनीतिक परिवर्तनमा नेकपा एमाले साक्षी मात्र भएको छैन, त्यसको साझेदार समेत हुँदै आएको छ। वर्तमान अवस्थामा पनि संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने कार्यमा समेत अग्रमोर्चामा रहेको हाम्रो पार्टीको जारी केन्द्रीय कमिटीको १३ औं बैठकमा पार्टीको केन्द्रीय सदस्य तथा युवा इन्चार्जका हैसियतले निम्नानुसारको प्रस्ताव पेश गर्दछु।

प्रस्तावहरु :

 १) संघीयताको बारेमा समीक्षा गरौं।

२) मुलुकको विशिष्ट पहिचान घोषना गरौं।

३) धर्म निरपक्षताको बारेमा बहस गरौं।

४) शासकीय स्वरुप प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बनाऔं।

५) दुई कार्यकाल भन्दा बढी प्रधानमन्त्री नबनाउने संवैधानिक व्यवस्था कायम गरौं।

६) पार्टी अध्यक्ष २ कार्यकाल पदाधिकारी ३ कार्यकाल भन्दा बस्न नपाउने व्यवस्था गरौं।

७) पार्टी र राज्यका राजकीय र शासकीय स्थानमा युवाहरुको ४० प्रतिशत सुनिश्चित गरौं।

८) पार्टी महाधिवेशनको राजनैतिक प्रतिवेदन र विधान अनि चुनावको घोषणा–पत्रमा यो बिषय सम्बोधन गर्न यो बैठकबाट कार्यदल बनाएर जाऔं।

माथि उल्लेखित प्रस्तावहरु जारी पार्टीको केन्द्रीय कमिटीको १३ औं बैठकमा सम्बोधन हुनेमा अपेक्षा गर्दछु।

क. महेश बस्नेत केन्द्रीय सदस्य नेकपा एमाले

 

थाहा खबर बाट साभार गरिएको 

Views: