d

 हस्ताक्षर फिर्ता नलिनेहरू पार्टीमा लामो समय रहँदैनन् - ओली 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतबाट संसद विघटन सम्बन्धमा मुद्दा किनारा लाग्दासम्म हस्ताक्षर फिर्ता नलिनेहरूलाई  एमालेमा स्थान नरहने बताएका छन्। 

‘मुद्दाको फैसला हुँदासम्म एमाले ढाल्ने अनि प्रमुख प्रतिपक्षको नेतृत्वमा वैकल्पिक सरकार बनाउनेमा ज–जसको हस्ताक्षर कायम रहन्छ ती पार्टी कार्यकर्ता होइनन् भन्दै ओलीले सर्वोच्च अदालतको फैसला सम्म मात्र प्रतीक्षा गर्न सकिने बताएका हुन्। 

 ओलीले भने, ‘यसले त कित्ताकाट गरिसक्यो नि ! यसमा कुनै भ्रम पाल्न हुन्छ र ? शब्दका झूटका खेतीमा अल्मलिन हुन्छ र !'

शनिबार पार्टीको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले पार्टी एकताका लागि  नेपाल समूहलाई धेरै पर्खिन नसकिने बताएका थिए।  

Views: