d

महामारीमा ३४ पिन्ट रगत संकलन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

युवराज रेग्मी

असार १९ , झापा / झापाको गौरादह नगरपालिकामा कोरोना भाइरस  कोभिड- १९  महामारीको सन्त्रास लाई लक्ष्यित गर्दै  मानव उपचारमा अत्यावश्यक पर्ने ३४ पिन्ट रक्त संकलन गरिएको छ ।
नेकपा ( माओवादी केन्द्र) को ब्यबस्थापन र वाइसिएल नेपाल   गौरादह नगर कमिटिको आयोजनामा  गौरादह नगरपालिका वडा न १ अवस्थित मुख्य बजारमा  रक्त सन्कलन कार्यक्रम संचालन गरिएको थियो ।
केही दिन देखि आएको अभिरल बर्सातका बाबजुद आयोजित उक्त कार्यक्रममा ३१ पुरुष र ३ महिला गरि ३४ जना रक्तदाताहरुबाट ३४ पिन्ट रक्तसंकलन गरिएको थियो ।

  नेपाल  रेडक्रस सोसाइटी  रक्तसंचार केन्द्र  जिल्ला साखा भद्रपुर  र रक्तसंचार सेवा केन्द्र दमकको प्राबिधिक सहयोगमा आयोजित कार्यक्रममा गौरादह नगरपालिकाका नगर प्रमुख रोहित कुमार साह , नेकपा  (माओबादी केन्द्र ) नगर अध्यक्ष माधब भट्टराई ,  पुस्प ढकाल , वाइसीएल नगर कमिटी इन्चार्ज धर्म चौहान लगायतको उपस्थिति रहेको थियो ।
महामारिको समयमा "रक्तदान जीवन दान "भन्ने रेडक्रसको  सर्बब्यापी  नारा सहित आयोजित  उक्त कार्यक्रममा उपस्थित स्थानियले  वाइसियलको उच्च प्रसंसा गरेका थिए ।

Views: