d

नयाँ स्टक एक्सचेन्ज कम्पनी सञ्चालन अनुमित दिने प्रक्रिया शुरु 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

२० जेठ, काठमाडौं । नयाँ स्टक एक्सचेन्ज कम्पनीलाई सञ्चालन अनुमति दिने गरी नेपाल धितोपत्र बोर्डले गृहकार्य सुरु गरेको छ । धितोपत्र बजारको विस्तार हुँदै गएको र यसलाई प्रतिष्पर्धी बनाउन अर्को स्टक एक्सचेन्ज समेत आवश्यक पर्ने भन्दै बोर्डले गृहकार्य सुरु गरेको हो ।

१२ वर्षअघि नै नयाँ स्टक एक्सचेन्जको सञ्चालन अनुमति माग गर्दै चार कम्पनीले बोर्डमा निवेदन दिएका दिए । तात्कालीन अध्यक्ष डा. सुरवीर पौडेलले नयाँ स्टक एक्सचेन्जका लागि इच्छुकबाट आवेदन माग गरेपछि नेपाल सेक्युरिटिज एण्ड डेरिभेटिम एक्सचेन्ज, काठमाडौं स्टक एक्सचेन्ज, नेशनल स्टक एक्सचेन्ज र हिमालयन स्टक एक्सचेन्जले २०६६ सालमा आवेदन दिएका थिए ।

आवेदन दिएका भए पनि अहिले सम्म कुनै प्रक्रिया अगाडी नबढाइएकोमा हाल आएर यसमा गृहकार्य शुरु गरिने अपेक्षा लिएको छ।  

यस सम्बन्धी बिस्तृत खबर अनलाइन खबर मा छ। 
 

Views: