d

सरकारसंग विप्लव समूहको असन्तुष्टि 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं– नेताद्वय खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र धर्मेन्द्र बास्तोलाले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सहमति कार्यान्वयन नभएको गुनासो गर्दै नेता कार्यकर्ता नछुटेको भन्दै असन्तुष्टि जनाएका छन् ।

सरकार र विप्लव समूहबीच २०७७ फागुन २१ मा तीनबुँदे सहमति भएको थियो । जसमा विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउने र सरकारले प्रतिबन्ध फुकुवा गरेर कारागारमा रहेका नेता कार्यकर्ता रिहा गर्ने उल्लेख रहेको सहमतिअनुसार केही नेता कार्यकर्ता छुटे पनि अझै थुप्रै कार्यकर्ता छुट्न बाँकी रहेको भन्दै गुनासो व्यक्त गरेको बताइएको छ ।

समूहका प्रवक्ता प्रकाण्डले प्रधानमन्त्री ओलीलाई भेटेर तत्काल कार्यकर्ता रिहाइको प्रक्रिया अघि बढाउन ध्यानाकर्षण गराइएको बताउदै आइतबार पत्रकार सम्मेलन गरेर तीन बुँदे समझदारीमा उल्लेखित विषयलाई १० दिनभित्र पूरा गर्न भनेको जानकारी दिए ।

प्रकाण्डका अनुसार प्रधानमन्त्री ओलीले तीन बुँदे समझदारीमा सकरात्मक प्रतिक्रिया दिएको र यस सम्बन्धि कार्यको सहजिकरण गर्न परराष्ट्र सल्लाहकार एवं वार्ता समितिका सदस्य राजन भट्टराईलाई निर्देशन दिएको जानकारी दिए ।द नेपालटप

Views: