d

उपत्यकामा निषेधेज्ञा खुकुलो, सबै सार्वजनिक सवारी साधन चल्ने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं : बढ्दो कोरोना संक्रमण संगै लगाइएको निषेधेज्ञा काठमान्डौमा केहि खुकुलो पारिएको छ।   उपत्यकामा निजी तथा सार्वजनिक सवारी साधनमा लागू भएको जोरबिजोर प्रणाली समेत हटाएको हो । 

आइतबार सबेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को बैठकले असार २२ गतेदेखि लागू हुने गरी जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो । २२ गतेपछि सबै सार्वजनिक सवारी साधन चल्ने भएका छन्। 

सूचनामा स्वास्थ्य सुरक्षा मापदण्ड पालन गरेरेर सबै सवारी साधन सञ्चालन गर्न पाइने उल्लेख गरिएको छ । कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयले वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरेको थियो । कोरोना संक्रमण घट्दै गदैपछि प्रशासनले सबै निजी र सार्वजनिक सवारी साधन सञ्चालन गर्ने निर्णय गरेको हो । 

Views: