d

कमला नदीमा भासिएको पुलले सिराहा र धनुसाबासी बने निराश

Views:
Responsive Image Gallery
Responsive Image Gallery

कमला नदीमा भासिएको पुलले सिराहा र धनुसाबासी बने निराश

हुलाकी सडकखण्डको बहुप्रतीक्षित कमला नदीको पुल भासिएपछि सिराहा र धनुषाका स्थानीय निराश बनेका छन् । बाढीका वेला जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हट्नै लाग्दा पुल भासिएपछि फेरि कति वर्ष कुर्नुपर्ने भन्दै निराश बनेको स्थानीयबासी निराश बनेका  हुन् ।

Image: News24

२०६८ देखि पप्पु कन्स्ट्रक्सन लुम्बिनी बिल्डर्स जेभीले निर्माण गरिरहेको पुल उद्घाटन नहुँदै भासिएको छ । पप्पु कन्स्ट्रक्सनले काममा ढिलाइ गरेपछि विगत तीन वर्षदेखि लुम्बिनी बिल्डर्सले निर्माणको काम गरिरहेको थियो । 

निर्माण ९५ प्रतिशत पूरा भएको र आगामी साउन पहिलो सातादेखि हलुका सवारीसाधन सञ्चालनमा ल्याउने तयारी भइरहँदा पुल भासिएको छ ।

Views: