d

पाँचथरमा पौडी खेल्न गएका दुई किशोर खोलाले बगाएर बेपत्ता 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

पाँचथर – पाँचथरमा पौडी खेल्न गएका दुई किशोर खोलाले बगाएर बेपत्ता भएका छन् । आइतवार (आज) दिउँसो पौडी खेल्न पाँचथर–ताप्लेजुङ सीमाबाट बग्ने इंवा खोला गएका याङवरक गाउँपालिका–४ थर्पू बजार छेउका दुई किशोर खोलाले बगाएर बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा याङवरक–४ निशानधाम छेउका १६ वर्षीय लक्ष्मण योङहाङ र १३ वर्षीय विपल योङहाङ छन् ।

Symbolic Image: Jantapati

प्रहरी चौकी थर्पूले जनाएअनुसार छ जना किशोर पौडी खेल्न भनी इंवा र काबेली खोलाको दोभान छेउ त्रिवेणी गएका थिए । पौडी खेल्ने क्रममा नदीको बहावले लक्ष्मण र विपललाई बगाएपछि अन्य किशोरले गाउँमा आइ स्थानीयवासीलाई खबर गरेका थिए ।

दिउँसो २ बजेतिर घटना थाहा पाएपछि स्थानीयवासी र प्रहरी खोजी कार्यमा जुटेका छन् । खोजी तथा उद्धारका लागि जिल्ला प्रहरी कार्यालयको टोलीसमेत घटनास्थलमा गएको छ । उज्यालो। 

Views: