d

खोटाङमा वडा टुक्र्याउन मतदान 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

खोटाङ – खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा दुई वडा विभाजनका लागि मतदान भएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे र दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मा विभाजनका लागि गएकाे असार १० गतेको गाउँ सभामा पेस भएको प्रस्तावअनुसार आइतवार मतदान भएको हो ।

तस्बिर: दिप्रुङ चुइचुम्मा गाउँपालिका वेबसाइट 

गाउँ सभाको कुल सदस्य सङ्ख्या ३४ मध्ये टेम्मालाई विभाजन गर्ने पक्षमा सबै मत खसेको छ । त्यसको विपक्ष र तटस्थमा कुनै पनि मत नखसेको गाउँपालिकाले जनाएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ५ र ६ मा भएको व्यवस्थाअनुसार साविकको टेम्मा–३, ५, ६ र ९ लाई समेटेर एउटा वडा र साविकको टेम्मा–१, २, ४, ७ र ८ लाई समेटेर अर्को वडा बनाउन प्रस्ताव पेस भएको थियो । टेम्मा विभाजनका लागि गाउँ सभाले प्रदेशमा सिफारिसका लागि अनुमोदन गरेको छ । विभाजनका पक्षमा बहुमत खसेको मतका आधारमा अब टेम्मालाई औपचारिक रूपमा विभाजनका लागि बाटो खुलेको छ । 

यस्तै बतासेलाई विभाजन गर्नुपर्ने पक्षमा १५ र विपक्षमा १९ मत खसेको छ । तटस्थमा भने मत खसेन । बतासेलाई साविकको बतासे–१, २, ३ र ४ लाई समेटेर एउटा वडा तथा साविकको बतासे–५, ६, ७, ८ र ९ लाई समेटेर अर्को वडा बनाउन प्रस्ताव गरिएको थियो । बहुमत नपुगेकाले बतासेलाई विभाजन गर्ने प्रस्ताव गाउँ सभाबाट अस्वीकृत भएको छ । टेम्मा विभाजन भए दिप्रुङ चुइचुम्मा गाउँपालिकामा अब आठ वडा हुने छ । उज्यालो। 

Views: