d

कहालीलाग्दो - बैशाख १२

Views:
Responsive Image Gallery
Responsive Image Gallery

✍️. रमेश रपाल शनिबार को दिन बिदा को दिन,  एका बिहानै उठेर नुहाइ धुवाइ सकेर ,पुजा गर्न नजिकैको मन्दिर निस्कन्छ । हाफ पाइन्ट र भेस्ट मा । केही बेर को पुजा पछि रुम फर्किन्दै गर्दा संगै को गाउको साथी संग भेट हुन्छ , " अहो दाजु के छ हो खबर !? "आज कता बाट भेट भैयो हौ" ,कता छ बसाइ ,? "ठिकै छ भाइ के हुनु उइ पुरानै छ  ।"  "बिरानो शहरमा के हुनु पेट पाल्दै ठिक्क छ ।"  "साथी भाइ हरु कहाँ बाट कहाँ पुगि सके आफू भने केही प्रगती गर्न सकिएको छैन। टेन्सन छ........।" उसले  निराशा पन बोलिरहेको थियो  । 

साथी तनाव मा देखिन्थ्यो । हुन पनि गाउँ घर, आफ्नो जन्म थलो भनेको बेग्लै हुने के ! रमाइलो सुन्दर ,जरा बुटो ले पनि चिन्छ, शहर मा घर हरु जतिनै बाक्ला भएपनी मान्छे को मन चै सारै टाढा हुने हौ। "कसैले कसैको वास्तै छैन " भन्दै  केही बेर को कुरा पछि ......."लत भाइ बेला बेला सम्पर्क मा हुदै गरम है त " कैले काहीँ मेरो तिर आउदा पनि हुने नि " भन्दै बिदा हुन्छ । 

समयले नेटो काटिसकेको छ  । बिहानको ११ बजिसकोको छ  । शनिबार को दिन भको ले साइली फुपुकी छोरी होस्टल बाट आकि छ कोठा । खाना बनाएर बसिरहेकी छे ।  बिहानै देखि को खाली पेट , तेइ माथी हिड्दै आएकोले एकदम थकाइ लागिरहेको थियो । र एकै छिन आराम गरेर खाना खाने सल्लाह हुदै थ्यो। उ चाहिँ एकै छिन नुहाएर फ्रेस भयपछी खान खानु परो भन्ने सोचेर बथ रुम छिर्छ । बहिनी खानाको तरखर गर्दै छे !" छिटो  नुहाएर निस्कनु है! "बहिनि किचन बाट कराउदै ! " ल ल खान पस्किदै गर " ।

त्यही दिन मेरो मामा को छोरो भाइ पनि काठमाडौं आएको छ केहि दिनको कामले । सबै जना भेला भएको हुनाले घर मा खुसीयालि  छ ।  सबै जना किचनमा " बहिनी ले खान चै सारै मिठो बनाइ छिन "मामाको छोरो मुस्कुराउदै ,मुख खोल्यो ।" बल्ल बाल्ल दाजु आउनु भको सके जानेको त सीप देखाइउनै परो नि "! 
एक गाँस मात्र खान के आटेको थियो यो पृथ्वी नै भासिन आटेको भान भयो ! सानो मा आमाले कोक्रो किन तेतिको सारो हलाउनु भयो होला र! सबै जान काहाल्लियर  "आमा आमा ..हे भगवान ,भगवान ,हुँहुउंहुउं कोइ रुने,कोहि घरको भित्ता समाएर उभ्भिए । अरुलाइ के लागो त्यो बेला मलाइ था छैन । तर यो घर कति बेला कता पट्ती चुर्लुम्म डुब्ने हो ? र हामी सबै मटो मुनि छिरिने हो ।त्यो मात्र कल्पनामा आइरह्यो,।घरको भित्ताको प्लस्ट उक्केर झर्दै  छ ,इटा हरु दायाँबायाँ गर्दै चिरा पर्न थिली सकेको छ ।
मुख बाट " मात्र भगवान भगवान" । को नाम भन्दा अरु कुरा को नाम लिन सकिन । किनकी मैलै एक घन्टा अगाडि मात्र उसले घर परिवार बुवा आमा संग गफ गरेर " म मन्दिर जादैछु है पुजा गर्न" । भनेर गएको थियो । त्यही भएर उ बिश्वस्त थियो कि, मलाइ मेरो वा आमाको आशिर्वाद र भगवान को कृपाले बचाउने छ । संसार छाड्न दिने छैन !

कुरो ठ्याक्कै  बिहान ११:५६  बैशाख २०७२ साल ।! करिब  ३० सेकेन्ड ! को त्यो कहाली लाग्दो जीवन मरण को भोगाइ पछि ,अबस्था  केही साम्य भएको थियो । लाग्छ कि भगवानले हामिलाइ   बाच्न मौका दिइरहेको थियो । त्यस  पछि  स्याँस्याँ गर्दै एउटा एउटा झोला बोकेर बहिर बाटो मा निस्कियो.....!लगभग १००० जना भन्दा बढी मानिस बाटो भरि ! "धन्न बाचियो "बहिनि दाजु र भाइको अनुहार हेर्दै भन्छ ।  घर मा के कसो छ ? यहा त भुइचालो बाट धान्न बाचियो भनेर फोन मात्र के गरेको थियो। "नानी तिमिहरु लाई कस्तो छ  यहाँ  पनि भुइचालो ले सातो नै  लगेजस्तो भको छम ,  होस उडेजस्तो भैरको छ । दिमाख ले काम गरेको छैन ,जिउ कामिरको छ अझै  एतिकै मा सबै आफन्त बाट फोन आदन प्रदान भैरहेको थियो ।

"यति भन्न नपाउदै एउटा ले भन्यो !"हाम्रो धरहरा त छैन अरेत" !  केन्द्र बिन्दु सिन्धुपाल्चोक को बार्पाक ,७.६ को रे ! मेरो मन झस्याङ भयो ,निसा लागे जस्तो भो । मेरो कोठा बाट प्रष्ट देखिने धरहरा मैले जति नियालेर हेर्दा पनि देख्न सकिन ।" धरहरा को धुलो उडेसरी मेरो मन पनि उडिरजेको थियो । बिश्व सम्पदा सुचिमा परेको बिश्व ले चिनेको  परापुर्ब काल देखिको धरहरा  त छैन,ढल्यो   भने त्यो सिन्धुपाल्चोक बासी को हालत के भयो होला ! अनि अरु घन्टा घर, पशुपती नाथ ,स्वयंभु ,बौद्ध ,दक्षिणकाली ,
चागुनारायण ,भक्तपुर को पच्च्पन्न झ्याले दरबार,पाट्नको कृष्णमन्दिर जस्ता हजारौं मठ मन्दिर देब देवलायहरु  के भए होला ?"

अब  हामी बाटो मा बसेको बेला अनेकन कुरा हुन थाले मान्छे पिच्छे  " भुइचालो त अब ६ महिना सम्म आइरहन्छ रे !" अर्को ले फेरि " ज्वाला मुखी  जान्छ रे"   ...." तिर्सुली को भिर मा पहिरो ले पुरै बाटो बन्द छ रे! वाटो भत्केर आवत जावत नै बन्द छ रे! ".... । " अनि खुर्कोट मा पनि बाटो झरेर बाटो बन्द छ रे !"  यति सुनी रहदा मेरो दिमाग मा अनेक कुरा खेल्न थाले । "अब कसरी घर जाने होला  ? यस्तो ठाउमा बस्न पनि गरो हुन्छ ? घर पनि भकेकोछ ?फेरि अझै आइरहन्छ भुइचालो ! नभन्दै आइहाल्यो पुराइ सातो लाने गरि । बाटो मा  बसेका ती हाजरैं मानिस जराक जुरुक उठेर चिच्याउन थाले। 

बिहान  १२ बजे देखि ३ बजे दिउँसो! सम्म मा करिबन ६० पटक को हाराहारिमा आएको भुकम्प को कम्पन सहि सके पछि हामी हाम्रो टिम बास बस्ने  ठाउको लागि सल्लाह गर्न थालियो  ! बहिनी को होस्टल मा कुरा गरेर बसाइ का लागि सहज नि छ भने पछि बहिनि लाई होस्ट्ल पठादियौं " किनकी हाम्रो त बासको ठेगान नै थिएन कहाँ बस्ने ! के खाने !   यस्तो चर्केको घर मा कसरी बस्नु " भाइ ले भने पछि ।दाजु को सल्लाह अनुसार हामी खुल्ला मन्च तर्फ लाग्छ  । साथमा पानी को बोतल र १०/१५ वटा चाउचाउ बोकेर ! काठमाडौ को ठाउमा खुला भनेकै अन्त कहाँ पो छ र ? सबै घर ले खुट्टा हाल्ने ठाउ भा पो ? घाम हेर्न पनि कि बाटो कि घर को छ्त नै जानू पर्ने ! "धन्न आजकै दिन" बाबा राम देब " को योगा शुरु भएको ले खुला मन्च सबै तिर डोजर ले सम्माएर  भुइमा तिर्पाल ओछ्याएको थियो  ,चारै तिर लाइट जडान अनि ट्वाइलेट को ब्यबस्था    भएको ले खुल्ला मन्च झकी झकाउ छ ।  लाखौं मान्छे पनि बस्नको लागि ठाउ रिजर्भ गर्न लागिरहेका थिए ।हाम्रो पनि  तेहि खुल्ला मन्च मा बस्ने निधो हुन्छ । रात पर्दै गैरहेको छ ,खानको लागि झोला मा भएको १/१ पकेट चाउचाउ झिकेर पानी संग खान सुरु गर्छौं । र चिसो भुइमा सुत्न तर्खर हुन्छ ,सिरानी झोलाको  र ओड्ने त्यही भुइको त्रिपाल ! 
रात भरको झरी, चिसो भुइ ,एक झप्को पनि रामरी ननिदाइ  रात कट्छ । 
बिहानिको घाम को झुल्को संगै शुभ दिन को सुरुवात को कल्पना हुन्छ । कल्पना मात्र कल्पना मा सिमित छ ! बाटो मा एम्बुलेन्स को साइरन को मात्र आवाज आउँछ । हस्पिटल को बेड मा भरी भराउ छन्, घर मा पर्खाल हरुले  च्यापिएका ती हजारौं आमा बुवा , दाजु भाइ ,दिदी बहिनि अनि ती अबोध बाल बालिकाहरु ! कति को त हस्पिटल पुग्न नपाउदै त कतिको त घर मै च्यापिएर संसार बाट बिदा भएको कारुणिक खबर सुन्दा र देख्दा मन नै भावबिह्वल भएर आउँछ ।

आफ्नो कार्यस्थल फर्कने को कुरा त के आफ्नो प्राण कसरी बचाउने भन्ने तर्फ ध्यान छ सबको । बिहान को खाना मा हिजो बचेको एक पकेट चाउचाउ र एक बोतल पानी !आज पनि खुल्ला मन्च को खुल्ला आकाश मा रात काट्ने निदो गर्छ । बिडम्बना उहीँ चिसो भुइ ,त्रिपाल अनि साथमा  झोला ! दुई दिनको भोको शरीर ,अब एकै ठाउँ मा मात्र कति 
बस्ने अन्यत्र गए केही खाने ब्यबस्था हुन्छ कि भन्ने लागेर  कटेश्वर तर्फ जाने निर्णय गर्छ । आफ्नो झोला अनि अलिकती बचेको पानी बिकेर कोटेश्वर तर्फ लाग्छ ।
बहिनि र उसको साथी हरु त बहिरनी खाना बनाएर खादा रहेछ्न खुला चहुरिमा ,किनकी कोठामा बस्न सक्ने सामर्थ्य थिएन कसैसंग पनि । बारम्बारको भ- कम्प को धक्काको त्रास  ले । "हिजो भन्दा आज  केही हद सम्म मनमा खुसी  देखिएको छ  है !" सबै को सामु मुख फोर्छ ।

सधै भरी यसरी दिन काट्न त सकिन्दैन कसरी हुन्छ, घर जानु पर्छ अब " चिने जानेको मान्छे लाई गाडी को लागि फोन घुमाउन थाल्छ । कहि कतै बाट पनि यातायात को ब्यबस्था हुने छाट्काट छैन । हिजो राती टुडिखेल माइक मा  को कुरा सम्झन्छ ।" तपाईं हरु भारतीय नागरिक  कोको हुनुहुन्छ घर जान चाहाने ले कृपया यो स्टेज आएर सम्पर्क गरि नाम टिपाउनु होला  भारत सरकारले तपाईं हरु लाई निशुल्क आफ्नो देश लगिदिने निर्णय गरेको गरेको छ"। " तपाईं हरुको आफ्नो  आफ्नो राज्य को लागि फलानो .... फलानो ब्याक्ती लाई सम्पर्क गर्नु होला ...........।
(हिन्दी र नेपाली दुबै भासा मा भासण गरिरहे को )

 त्यो सम्झेर रिस को आबेग आएर आफु लाई आत्म ग्लानी भको मससुस गर्छ ।" साला इन्डियाले आफ्नो जनता को लागि तेत्रो  उद्धार गरिरहेको छ , हाम्रो भने यातायात को ब्यसस्था त कहाँ हो कहाँ आफै ले पैसा तिरेर जान्छु भन्दा पनि पाइन्दैन " भित्र भित्रै भुत्भुताउछ ।

बल्ल तल्ल को प्रयास पछि  घर जाने साधन को ब्याबस्था हुन्छ । बहिनी को होस्टलको बिदा को डिसिजन भैनसकेको हुनाले फरक दिनमा आउने सल्लाह हुन्छ  हुन्छ ।

"आफ्नो गाउँ पराइ सहर " त्यसै भनिएको हैन रहेछ ।
त्यो बिरानो शहर  आज धेरै को लागि जहर बन्दै छ । सुख पर्दा शहर र अफ्ठेरो आइ पर्दा चाहिँ गाउँ रे ।

वास्तवमा हुन्जेल र गरुन्जेल मात्र हो  शहर । आफ्नो जन्म गाउँ घर र आफ्नी जन्म दिने आमा भन्दा प्यारो  केही  नहुदो रहेछ ।
त्यसै ले त भनिन्छ " जननी जन्म भुमिश्च स्वर्गदपि गरिएसी "
अत : "आफ्नो श्रम ,सीप र पसिना आफ्नै माटो मा बगाऔं" 
जय देश  जय नेपाल !!!

Views: