d

मध्यावधि चुनावको लागि निर्वाचन आयोगले तोक्यो दल दर्ता गर्ने समय

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डाै – निर्वाचन आयोगले प्रतिनिधि सभाको मध्यावधि चुनावको लागि दल दर्ता गर्न साउन १५ गतेसम्मको समय दिएको छ ।

निर्वाचन आयोगले साेमवार (आज) स्वीकृत गरेको प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ को निर्वाचन कार्यतालिकाअनुसार असार ३१ देखि साउन १५ गतेसम्म दल दर्ताको समय दिएको हो ।

सरकारले आउँदाे कात्तिक २६ र मङ्सिर ३ गते मध्यावधि चुनाव घोषणा गरेकाे छ । आयोगले चुनावको कार्यतालिका पनि सार्वजनिक गरेको छ ।  

Views: