d

गौरादह ७: नहरमा बजेट खन्याउदै सरकार, पैनी पुर्दै स्थानिय 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: झापाको गौरादह नगरपालिका वडा नं. ७ गेउरिया खोलामा निर्माण भएको गेउरिया सिचाइ आयोजना लथालिङ्ग देखिएको छ । ४०० हेक्टर जमिनमा सिचाइ गर्ने लक्ष सहित शुरु गरिएको परियोजनामा समितिको मनोमानीले लक्षहिन देखिदै गएको हो ।

एकातिर धमाधम बजेट ल्याएर मर्मत गरिदै छ भने अर्कोतिर स्थानीयले अनावश्यक रहेकोे भन्दै आफ्नो घर-खेत अगाडी धमाधम पैनी पुर्न थालेका छन् ।

स्थानीयले पैनीको औचित्य सकिएको भनेर पुर्दैगर्दा वडाकार्यले समेत कुलो मिचेर सडक चौडा पारेको पाइएको छ ।


२०५२/५३ गठित पुर्व गेउरिया जल उपभोक्ता संस्था अहिले पनि जिवितै छ ।
गेउरिया सिचाइको नाममा यो वर्ष ३० लाख छुट्याएर धमाधम डाइभर्सन मर्मत गरिदैछ । वर्षौ देखि सफा नगरिएको पैनी प्राकृतिक रुपमै पुरिदै गएको छ भनें खोलामा भेलबाढी  आउदा नहरको पानी थामी नसक्नु भएर घर-खेत डुबानमा पर्ने गरेको स्थानीयको गुनासो छ ।

स्थानीयले पटकपटक आवाज उठाउदा समेत सरोकारवालाको ध्यान पुग्न नसकेको तर अन्धाधुन्ध बजेट खन्याउने गरेको देखिएको यस परियोजनाको बारेमा पर्दाफासले स्थलगत रिपोर्टिङ गरेको छ ।

रिपोर्टिङको पुर्ण विवरण आगामी अंकमा  प्रकाशन गरिने छ ।

Views: