d

गौरादह: सरकारी पैनी मिचेर सडक बनाउदै स्थानीय सरकार

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 सान नेपाल 

झापा: गौरादह नगरपालिका वडा नं. ८ ले धमाधम सरकारी कुलो पुरेर सडक निर्माण गर्न थालेको पाइएको छ । २०५३/०५४ देखि संचालनमा आएको गेउरिया सिचाइ आयोजनाको नहरले निर्माण गरेको सार्वजनिक पैनी मिचेर धमाधम सडक बिस्तार गर्न लागिएको हो ।

नम्बरी जमिनबाट पैनी बनाइएकोले पुर्दा फरक नपर्ने वडा अध्यक्ष भुमिराज पोख्रेल बताउछन् ।

'स्थानीयले नम्बरी जग्गाबाट पैनी दिएका थिए, निर्माण भएदेखि नै पैनीमा पानी आउँदै आएन, स्थानीयले नै पुर्न थालेपछि हामीले पनि पैनी पुरेर सडक बनाएका हौं ।', वडा अध्यक्ष पोख्रेल बताउछन् ।


वडा अध्यक्ष भुमीराज पोख्रेल तत्कालीन जुरोपानी गाबिसका वार्ड अध्यक्ष समेत थिए ।

आफैं वार्ड अध्यक्ष हुँदा  ०५४ सालमा  खनिएको कुलो अहिले आएर औचित्यहिन भएकोले पुर्नुपरेको पोख्रेलको भनाइ छ ।

'जब कुलो पैनीहरु अनावश्यक हुन्छन् भने स्थानीयले पुर्न पाउछन्', उनको तर्क छ ।

बारम्बार स्थानीय सरकारको बागडोर सम्हालेका वडा अध्यक्ष पोख्रेलले सरकारी पैनी पुर्दा अपनाउनुपर्ने सामान्य कार्यविधि र त्यसको कानुनी दायरा बारे समेत बेवास्ता गरेको पाइएको छ ।

पानी आउने लोभले स्थानीयले नम्बरी जग्गा दिएर पैनी बनाइएको तर पानी एक थोपो नआएकोले पुर्नुपरेको बताउने पोख्रेल ले कुलो पैनी मासेर सडक बिस्तार गर्दा नगर कार्यपालिकाबाट पास गराउनु त जाओस् वडामा समेत निर्णय गराएका छैनन् ।

यससम्बन्धी थप सामाग्री आगामी अंकमा प्रकाशन गरिने छ ।
 

Views: