d

देबिन रिमालको 'जिन्दावाद जिन्दावाद'

Views:
Responsive Image Gallery
Responsive Image Gallery

✍️.देबिन रिमाल


नेपाली काङ्ग्रेस .. जिन्दाबाद ! जिन्दाबाद !! 

ने क पा एमाले ... जिन्दाबाद ! जिन्दाबाद !! 

ने क पा मावोबादी ... जिन्दाबाद ! जिन्दाबाद !! 

यस्तै यस्तै जिन्दाबादको पछाडी हिडीरहन्छ भक्ते ..  

चुनाबी माहोल, अनि पार्टीका सिद्धान्त लाई जिन्दाबाद ! 
हाम्रो फलानो नेता जिन्दाबाद ! जिन्दाबाद !! 
हाम्रो गौरबशाली पार्टी जिन्दाबाद ! जिन्दाबाद !! 

साची गौरबशालीको अर्थ जान्दैन भक्ते तर कति बेला जिन्दाबाद भन्नू पर्छ त्यो उसले बुझेको छ । 

हिजो पनि उ यसरी नै एउटा पार्टीको चुनाबी प्रचारको नारा र भाषणमा जिन्दाबाद भन्दै भिडको सबै भन्दा पछाडी थियो । 
आज फेरि अर्को पार्टीको चुनाबी माहोलमा सरिक छ भक्ते ,जिन्दाबाद कै शब्द मुखमा बोकेर .. तर उ पछाडी नै छ भिडको अनि टाउको भुइ तिर झुकाएको छ हिजोको जस्तै तर पनि जिन्दाबाद नै भन्छ अस्ति हिजो र आज पनि ...!

नेता फेरीन्छन पार्टी फेरीन्छ नारा र भाषण फेरीन्छन तर जिन्दाबाद फेरीदैन ... अनि भक्ते पनि ...! 
हरेक भिडमा केही समानता छ त त्यो भक्ते र जिन्दाबाद मात्र हो । 

" ए अलि छिटो हिड , के हेर्दै हिड्छ यो भक्ते ?" कसैले भक्तेको ध्यान भङ्ग गर्न खोज्छ , " म आउदैछु हौ जिन्दावाद ! जिन्दाबाद !! " भक्तेले जिन्दाबादमै जवाफ दिन्छ । 
" के गरेको कामरेड नारा सक्किने बित्तिकै सबै सङ्ग जिन्दाबाद भन्ने हो , अरुले जिन्दाबाद भनीसके पछि भन्ने होइन हौ !" भक्ते लाई कसैले सिकायो , " ल " भक्तेको जवाफ यत्ती नै थियो । उसका आँखा भिडका हरेक पाइलाले दबाउदै डोब छोडेको जमिन तिर थियो, मानौ उ केही खोजिरहेको छ, अनि कान उसको नाराका अन्तिम शब्दमा हैन अरुले भनेका जिन्दाबादका हरफहरुमा तर ध्यान भुइमा हात भुइतिरै झरेका तर तयारी अवस्थामा जस्ता, अनि शरीर थोरै झुकेको ..कतै सियो हराएको छ र उ खोज्दैछ ...! 

हाम्रा महान नेता .. जिन्दाबाद जिन्दाबाद 
जिन्दाबाद .. भक्ते कन्ठस्थ शब्द बोल्छ तर सबैले बोलीसके पछि 
हाम्रो गौरबशाली पार्टी ... जिन्दाबाद ! जिन्दाबाद !!
जिन्दाबाद ! ... फेरि पनि भक्ते सबैले जिन्दाबाद भनीसके पछि बोल्छ र उसको जिन्दाबाद प्रष्ट सुनिन्छ । उ भिडको पछाडी आफ्नै शुरमा छ, जिन्दाबादको फेरो समातेर ...! 

साझ परे पछि चिरीप्प लगाएर दिनभरीको राजनिती पेरीफेरी शुरमा फलाक्ने बानी छ भक्तेको ... तर दिनभरी उ अरुलाइ सुन्न र मुल्यांकन गर्न मौन रहन्छ सिबाय कुनै नारा र जुलुशमा भिडको पछाडी पछाडी उभिन बाहेक । 
हिजो पनि उसले त्यस्तै गरेको थ्यो ... जिन्दाबादका नारा सङ्गै फलानो नाम चलेको पार्टीको चुनाब प्रचार समिती कोणसभामा पुग्यो । भक्ते पनि भिडमा रुमलीदै थियो । 
हामी यो नगरलाइ सन्सारकै नमुना नगरी बनाउने छौ, फलानो पार्टीका महान नेताले सपना देखाए सबैले ताली बजाए भक्तेले ताली बजाउनु पर्ने रैछ ठान्यो . .. भक्तेको ताली र भिडको तालीको समय मिल्यो , भक्तेको जिन्दाबाद जस्तो छुट्टै थिएन ताली ...! 

" अब गरीबले भोकै बस्नु पर्दैन" नेता कराए भक्ते छेउकै होटेलको समोसा हेर्दै थियो .. तै पनि ताली बजाउन उ चुकेन । 
ठूलो भिडमा सबै भक्ते हरु नै थिए ... तर भक्ते जस्ता थिएनन ..! 
स्वार्थी भक्तेहरुको हुल थियो त्यहा , नेता ज्युको चुनाब बिजय पछिको स्वार्थी झोलाहरु भर्न तयारी कक्षाहरुमा झोला बोकेर आएका भक्ते हरु थिए । अझ स्वार्थको ठूलो बोरा नै बोकेर आएका त नेता ज्यु थिए जो शब्दको आङ्कुशेले सङ्कलनमा जोड दिदै थिए ...! थाहा छैन भक्ते के लिएर आएको थियो अनि कत्ती भर्ने योजनामा थियो । 

" मलाइ भोट दिएर जिताउनुस म तपाइहरुको मुहार अवश्य फेर्ने छु !" नेता ज्यु फेरि चिच्याए भक्तेले दाह्री मिलायो र कमेजको छेउले मुख पुछ्यो .. अनि सबै सङ्ग ताली बजाउन भ्यायो । 

अस्ति पनि यसै गर्यो भक्तेले हिजो पनि र आज पनि ... यो चुनाबी माहोलमा भक्तेको दिनचर्या यसरी नै बितेको छ। भक्ते बेकामे छ तर अहिले उ ब्यस्त छ । उसलाइ साझ परे पछि रक्सी पिउन काम गर्न पर्दैन जिन्दाबादका जुलुशहरुमा जुगाड हुन्छ , कहिले काहीँ त घर जादा मीठो मसिनो पनि बोकेरै जान्छ । तर चुनाब सधै हुदैन अनि जुलुश र भिडभाड पनि ...! 

"हाम्रा नेता जिन्दाबाद ! हाम्रो पार्टी जिन्दाबाद !! 
फेरि अर्को नारा भिड सहित आयो भक्ते र उसकी सानी कान्छी छोरी नजिकै बसेर हेर्दैथिए ! दुइटा चीबे ले एउटा काग लखेट्दै उडीरहेका थिए । 
भिड निकै लामो थियो भक्ते भिडको पुछर हेर्दै थियो । 
" यो जुलुशको पछाडी हिड्नु पर्छ है कान्छी तल भुइमा हेरेर हिड्नु नि !" भक्तेले उसकी छोरीलाइ अह्रायो । भिडको पुछर आउनै लागेको थियो दुइटा कुकुर पुछर हल्लाउदै भिडमै मिसिदै थिए ।
" किन बा ?" भक्तेकी छोरीले प्रश्न गरि ! भक्तेले खुस्केको चप्पलको लोती तान्दै भन्यो " तेरो साढे पछाडी हिड्दा अगाडिका मान्छेले पैसा झारेका हुन्छन क्या ......! 

भक्तेकी छोरीले जुलुशमा किन हिड्नु भनेर सोधेकी थिइ भुइमा हेर्दै किन हिड्ने सोधेकी थिइन . ... तर भक्तेको जवाफ एउटै रहन्थ्यो । 
छोरी खुशी भइ या आशातीत भइ उ पनि भक्ते सङ्गै भिडको पछाडी भुइमा हेर्दै बोल्न थाली 

जिन्दाबाद ! जिन्दाबाद !! 

क्रमश ....

Views: