d

जसपाको विवाद टुंगो लगाउन निर्वाच आयोग द्वारा पाँच सदस्यीय इजलास गठन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं– निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को विवाद टुंगो लगाउन गर्न पाँच सदस्यीय इजलास गठन गरेको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको अध्यक्षतामा बुधबार इजलास गठन भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। इजलासमा आयुक्तहरू इश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर र सगुनशम्शेर जबरा सदस्य छन्।

३ साउन ११ बजेदेखि इजलासमा सुनुवाइ प्रारम्भ हुने आयोगले जनाएको छ। दुवै पक्षलाई आयोगले आधिकारिक प्रतिनिधि पठाउन भनेको छ। कुनै पक्षको प्रतिनिधि अनुपस्थित भए पनि सुनुवाइ भने रोकिँदैन। जसपका दुवै पक्षले आफूहरु नै आधिकार रहेको दावी गरेपछि आयोगले सहमतिका लागि हिजो दुवै पक्षलाई बोलाएको थियो ।

Views: