d

गौरादह: सयौं परिवारलाइ विरुवा वितरण, नगरपालिकाले असहयोग गरेको वितरकको आरोप 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

सान नेपाल 

झापा: परिवर्तनका लागि युवा अभियानले डिभिजन वन कार्यालयको सहयोगमा गौरादह नगरपालिका भित्रका करिब १५ सय परिवार लाभान्वित हुने गरि उन्नत जातका बिरुवा वितरण गरेको छ । पर्दाफास मिडिया नेट्वर्क प्रा. ली. र ओमकार टाइम्स मिडिया प्रा. ली. को संयुक्त सहजीकरणमा विभिन्न जातका बिरुवा वितरण गरेको हो ।

 

No description available.

 

हर्रो, बर्रो, आँप , लिची, कागती, टिक, मेन्डुला, कपुर, लगायतका १३ जातका बिरुवाहरु वितरण गरिएको जनाइएको छ ।गौरादहको लागि १५ हजार बिरुवा माग गरिएकोमा ढुवानीको लागि गाडी व्यवस्थापन हुन नसक्दा सवै बिरुवा ल्याउन नसकिएको आयोजकको भनाइ छ ।

 

No description available.विरुवा लिन प्रज्वल कलेजको गेटमा भेला भएका स्थानिय 

 

वडा न २ मा रहेको प्रज्वल कलेजमा स्टल राखेर वितरण गरेको बोटविरुवा लिन नगर भरीबाट उल्लेख्य संख्यामा स्थानीयहरु आएका, मुख्य गेट र ढोका बन्द गरेर सामाजिक दुरी कायम गर्दै वितरण गर्न प्रयास गर्दा तछाडमछाड गर्दै विरुवा लिन आउनेको भिड थाम्न वितरकलाई नै हम्मे हम्मे परेको थियो।  डिभिजन वन कार्यालयले खटाएका कर्मचारी मार्फत वितरित कार्यक्रममा 'परिवर्तनका लागि युवा अभियान' का सदस्यले हरेक दिन भोलेन्टियर सहयोग पुर्याएकोले सहजता पुर्वक विर्तरण गर्न सकिएको जनाइएको छ।  

 

No description available.

 

विरुवा लोड  र अनलोड गर्न निकै सावधानी पुर्याउनु पर्ने हुनाले जनशक्तीपनि निकै प्रयोग गर्नुपरेको आयोजकले बताएको छ।  

'विरुवा वितरण भन्ने कुरा सामान्य होइन, सानो असावधानीले विरुवामा असर पर्न जान्छ त्यसैले ठुलो मात्रामा विरुवा ढुवानी गर्दा जनशक्ती पनि उति नै परिचालन गर्नु पर्दो रहेछ, वन विभागले ढुवानी सुबिधा र कामदार सुबिधा नदिएकाले पनि थप समस्या आइलाग्यो', सहजीकरण गर्ने संस्था ओमकार टाइम्स प्रालीका अध्यक्ष केदार खड्काले भने।

 

No description available.उन्नत जातका घाँसका विरुवाहरु 

 

निशुल्क रुपमा प्राप्त गरिएको भएता पनि २० देखि ३० जना सम्म जनशक्ती प्रयोग गर्दा र ढुवानी व्यस्थापन गर्दा झन्डै ३५ / ४० हजार रुपियाँ पकेट बाटै खर्च भएको उनको भनाइ छ।  कतिपय अवस्थामा सहज तरिकाले विरुवा पठाउन सकियोस भनेर किसानलाइ लोडिंग क्यारेटको समेत व्यस्थापन गर्नुपरेको उनले बताए।  

 

No description available.

 

'स्थानीय युवाले गरेको कार्यलाई सकारात्मक ठानेर नगरपालिकाले खर्च भुक्तानीको जिम्मेवारी लिंदा राम्रो  हो, हामीले नगरपालिकाकै 'गौरादह नगर हरित नगर' को कार्यक्रमलाई उचित ठानेर निस्वार्थ सेवा गरेका हौँ।', अभियानका संरक्षक समेत रहेका खड्काले बताए।  

नगरपालिका संग बारम्बार गाडी पठाएर सहयोग गरिदिन आग्रह गर्दा पनि विभिन्न बहाना देखाउदै असहयोग गर्न खोजेको आयोजकको आरोप छ।  

परिवर्तनका लागि युवा अभियानका सचिब अशोक कार्की भन्छन्, 'बारम्बार गाडी पठाइदिन अनुरोध गर्यौं तर हाम्रो कुरै सुनिएन।',

कहिले ट्रक बिग्रेको त कहिले तेल नभएर थन्किएको भन्दै नगरपालिकाले गाडी पठाउन अस्विकार गरेको उनको गुनासो छ।

 

No description available.गाडीबाट विरुवा झार्दै परिवर्तनका लागि युवा अभियानका युवाहरु 

 

'नगरपालिकालाई  हरित नगर बनाउने योजना सार्वजनिक गरेकोले पनि सामाजिक क्षेत्रबाट सहयोग प्रदान गर्न प्रयास गरेका हौं तर मेयर सावले हाम्रो कुरा सुन्न प्रयास गर्नु भएन ।',

'यद्दपी वडा न १  अध्यक्ष नगेन्द्र भण्डारीले आफैंले टेलिफोन गरेर भाडा कै भएपनी गाडी व्यवस्थापन गरुदिनु भएको छ, वहाँको अमुल्य  सहयोगले आज गौरादहबासीलाई बिरुवा वितरण गर्न मद्दत मिलेको छ ।'

नगरपालिकाले आफ्नै स्वामित्वमा रहेको ट्रीपर प्रयोग गर्न वातारण तयार नगरेपछी पिकअप भ्यान प्रयोग गर्न बाध्य भएको र  एकपटकमा १५ सय विरुवा मात्र लोडगर्न सम्भव भएकोले ५/६ पटक  विरुवा ओसार्नु परेको उनको भनाई छ ।

स्थानीय कृषक राजन खनाल भन्छन्, 'ठुलो परिमाणमा बिरुवा वितरण गर्दा खर्च  पनि त्यही अनुसारको आउनु स्वाभाविक हो , नगरपालिकाकै हितमा स्थानिय संघसंस्थाले यति महत्वपुर्ण काम गर्दै जनप्रतिनिधीको  ध्यान पुग्न नसक्नुलाइ  इमान्दारिताको अभाव नै मान्नु पर्छ'

वन कार्यालयले लोडिङ र यातायात आफैं व्यवस्थापन गरेर लैजान भनेपछि आयोजक संस्था परिवर्तनका लागि युवा अभियानले सदस्यहरु आर्थिक संकलन गर्न बाध्य भएका थिए।  

हाम्रा साथीहरु पनि धेरै जना बेरोजगार हुनुहुन्छ, समाजसेवाको लागि सबैले आर्थिक सहायता गर्न पनि सम्भव हुँदैन।, अप्ठ्यारो परिस्थितिमा स्थानीय सरकारले पनि सहयोग गर्दो रहेनछ, आखिर हामीले नगरपालिकाले नै गर्नुपर्ने कार्यलाई सहयोग गरेका त हौं  नी? यति सारो असहयोग किन ? - अभियन्ता सुजन कार्कीले सञ्चारकर्मी संग भने ।

'साथीहरुले खाना सम्म नखाई तातोघाममा दिनभर काम गर्नुभएको छ, यस्तो महत्त्वपूर्ण कार्यमा नगरपालिकाले बेवास्ता देखाउनु दु:खद मात्र होईन खेदपुर्ण छ।', अभियानकर्मी रोशन थापाको आक्रोश छ ।

क्लोजिङ टाइम भएकोले गाडीभाडा र लोडिङ अनलोडिङ चार्ज समेत बेहोर्न नगरपालिकालाई समस्या रहेको बताउने मेयर रोहित कुमार साहले वृक्षारोपण शिर्षकमा ३ लाख रुपैयाँ छुट्याइएको खुलासा गरेका छन् ।बैगुन्धुरा बजारमा वृक्षरोपण गर्न ३ लाख दिइएको उनले बताएका हुन् ।

वन बिभागले निशुल्क रूपमा बिरुवा उपलब्ध गराउछ, सानो बजारको लागि यति धेरै रकम किन भन्ने जिज्ञासामा मेयर साहले भने, 'तपाईंहरुले ल्याएजस्तो सस्तो खाले विरुवा होइन, महंगो बिरुवा रोप्नको लागि दिइएको पैसा हो।'

सबै प्रकारका बिरुवा तथा वन पैदावर डिभिजन वन कार्यालयले निशुल्क रूपमा उपलब्ध गराउने भएता पनि कुन महंगो विरुवाको लागि साहले यति मोटो रकम पस्किएका हुन् ? भन्ने विषय थप गम्भीर देखिन्छ।  

यो पटक मात्र होइन हरेक वर्ष नगरपालिकाले वृक्षरोपण शिर्षकमा लाखौँ रुपैयाँ छुट्याउने गरेको सरोकारवाला बताउछन्।

डिभिजन वनले हरेक वर्ष वितरण गर्ने बोट विरुवा ल्याएर बाढ्नको लागि वेवास्ता गर्ने तर तिनै विरुवालाई बाहिरी बजारमा महँगो भाउमा खरिद गर्ने गरेको पाइएको छ।  

स्थापनाकाल देखि नै सामाजिक व्याथिति र विशंगतीको खरो विरोध गर्दै आएको 'परिवर्तनका लागि युवा अभियान' ले छोटो समयमा निकै राम्रो प्रसंसा कमाउन सफल भएको छ।  राष्ट्रिय चर्चा पाएको 'गौरादहमा चामल गाडिएको काण्डमा समेत अग्रपंक्तिको भूमिका निर्वाह गरेको अभियानले निकट भविस्य मै सदस्यता विस्तारलाइ प्राथमिकता दिने बुझिएको छ।

 

Views: