d

एमाले नेता प्रसाईंको सवारी दुर्घटनामा निधन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा, २५ असार । बिर्तामोड नगरपालिका वडा नम्बर ५  निवासी नेकपा एमालेका नेता ज्ञानुराम प्रसाईंको दुर्घटनामा परी निधन भएको छ । आज झापा भद्रपुर नगरपालिका -९ चारआलि- चन्द्रगढी सडक खण्डको देवकोटा चौकमा चारआलिबाट चन्द्रगढि तर्फ जाँदै गरेका प्रसाईंको बा. १६ च. ८१८२ नम्बरको कार अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटना पछि मेची अञ्चल असपतालमा उपचारका लागि लगिएको थियो । उपचारकै क्रममा प्रसाईंको निधन भएको अस्पताललाई उदृत गर्दे जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राजेश थापाले जानकारी दिए । प्रसाईंको शव असपतालमै रहेको जनाइएको छ ।प्रसाईं झापाका लोकप्रिय नेता हुन् ।

Views: