d

कमल ६ : किन भत्किन थाले लखनपुर आसपासका कल्भर्टहरु? 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

कमल गाउँ पालिका वडा न ६ मा ठेक्का टेन्डर मार्फत निर्माण गरिएका कल्भर्टहरु भत्किन थालेका छन्।  स्थानीयले दिएको सूचना अनुसार पर्दाफास डट कमले गरेको स्थलगत रिपोर्टिंगमा रत्नपुरको कल्भर्टको पंखा झरेको  र फौदार सिंह चौक पूर्वको  कल्भर्ट चर्किन थालेको पाइएको हो।

 

No description available. 

 

यस विषयमा वडा अध्यक्ष नरेन्द्र भट्टराई संग बुझ्दा उनले अहिले सम्म बनेका कल्भर्ट मध्ये रत्नपुरको कल्भर्टको पंखा फुस्किएर झरेको आफुलाई जानकारी भएको बताए।  

पर्दाफास प्रतिनिधिले स्थलगत अध्ययनमा फौदार सिंह चोकको  कल्भर्टको पंखा समेत चर्किन थालेको जानकारी गराएपछि उनले चर्किएको स्वीकार गर्दै मर्मत गर्ने बताएका छन्।

 

No description available.

 

'मलाइ फौदार सिंह चोकको पंखा चर्किन थालेको बारे जानकारी थिएन।  मिडियाले भने पछि थाहा भयो।', वार्ड अध्यक्ष भट्टराईले भनेका छन्।  

गत जेठमा एमाले  वडा कमिटिले समेत कल्भर्ट भत्किएको बारे गाउँपालिकालाइ ध्यानाकर्षण बुझाउदै ठेक्का टेन्डर मार्फत निर्मित कल्भर्ट भत्किएको  बारे जानकारी गराएको थियो।  

स्थानिय उपभोक्ताले समयमा जानकारी नगराएकोले समस्या आएको बताउने वडा अध्यक्ष भट्टराई ध्यानाकर्षण पत्र मार्फत सुचना गरेको २ महिना बित्न लाग्दा पनि फौदार चौकमा निर्मित कल्भर्टको पंखा चर्किन थालेको बारे आफु अनविज्ञ रहेको बताउछन्।  

'मलाई उपभोक्ताले समयमा जानकारी गराएका भए बोरा लगाएर टाल्न सकिने थियो, भत्किए पछि मात्र थाहा हुन्छ। ', अध्यक्ष भट्टराई बताउछन्।  

कल्भर्टको पंखा झर्नु स्वाभाविक भएको प्राविधिक संगको परामर्शमा आफुले जानकारी पाएको बताउछन्।  उनको बुझाइ कल्भर्टको निर्माण गर्दा प्राविधिकले पंखामा जोइन्ट रड राखिएको हुदैन जसले गर्दा पानीको प्रेशर पंखामा मात्र पर्छ र कल्भर्टको मुख्य भाग चर्किने सम्भाना कम हुन्छ। 

अध्यक्षले  प्राविधिक बाट उक्त कुरा जानकारी पाएको बताईरहदा निर्माणकर्ताको लापरवाहीका कारण कल्भर्ट भत्किन थालेको स्थानीयहरू वताउछन्। कल्भर्टको पंखा छोटो बनाएको, गुणस्तरहीन निर्माण सामाग्री प्रयोग गरिनु  र अनुगमनकर्ताको कमजोरीका कारण प्रयोगमा नआउदै कल्भर्टहरु भत्किन थालेको उपभोक्ताहरुको दावी छ।  

Views: