d

कोरोना महामारीमा मानव सेवामा समर्पित हुँदै गौरादह स्काउट

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: गौरादह नगर स्काउटले  कोरोनाबाट बच्नको लागि अपनाउनुपर्ने  स्वास्थ्य सावधानीको बारेमा नागरिक सचेतना अभियान शुरु गरेको छ।  हाल मुलुकभर चलेको नेपाल स्काउटको अभियानलाई  निरन्तरता दिदैं  भौतिक दुरि,  मास्क सनिटाईजर (एस .एम एस ) अन्तर्गत आज गौरादहको  १ ,२,  ३ र ७  नम्बर वडाका विभिन्न स्थानमा अभियान संचालन गरेको हो।   

 

 

No description available.

 

 

नगर स्काउट  संयोजक गंगा कार्कीको नेतृत्वमा नगर स्काउटको सदस्यहरु  निगेश श्रेष्ठ, योगेश न्यौपाने,  प्रकाश भट्टराई , चुडामणि अधिकारि, सुस्मिता भुजेल , अरुणा भण्डारी , समर्पण  खतिवडा , बिक्रम तिवारी  लगायत सम्पुर्ण नगर कमिटी सदस्यको  उपस्तिथिमा अभियान चलाइएको बताइएको छ। 

अभियान अन्तर्गत गौरादह १ स्थित सितापुरी चोकबाट मिइकिङ गर्दै हिड्ने क्रममा डिपु चोक हुँदै वार्ड ३ को धोबिनिया,  वडा ७ को पुरानो ग्वाल्डुबा,  वार्ड नम्बर २ को हाँसखोरा हुँदै  गौरादह बजारमा पुगेर आज शुक्रबारको  अभियान स्थगित गरिएको नगर सदस्य तथा अभियानको संयोजक स्काउटर निगेश श्रेष्ठले पर्दाफासलाई बताए।  

 

 

No description available.

 

 

 

आगामी कार्यक्रमको जानकारी गराउदै नगर संयोजक गङ्गा कुमारी कार्कीले पर्चा, पप्लेट, माईकिङ लगायतका सचेतनामुलक कार्यक्रमहरु निरन्तर रुपमा ९ वटै वडामा पुर्याइने लक्ष रहेको जानकारी गराइन्। 

कार्कीले भनिन्, 'नेपाल स्काउटको लक्ष भनेकै मानविय सेवामा समर्पित रहनु हो, हामी कोभिड महामारीको अन्त्य नहुन्जेल सम्म अभियान चलाइरहने छौं।'

No description available.

 

 

नेपाल स्काउटको गौरादह नगर समिति गठन संगै विभिन्न सामाजिक अभियानमा निरन्तर रुपमा लागिरहेको संस्था हो।  
कोभिड   महामारीको समयमा  युद्दस्तरमा सामाजिक गतिविधीमा संलग्न रहेको नगर स्काउटले नयाँ कार्यसमिति प्राप्त गरे संगै  सर्वाधिक चर्चा समेत कमाउदै आएको छ।  

Views: