d

चीनबाट आयो ८ लाख डोज भेरोसेल खोप 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं : नेपाल सरकारले चीनबाट शुक्रबार आठ लाख डोज खोप ल्याएको छ । नेपाल वायुसेवा निगमको जहाजमार्फत चीनको बेइजिङस्थित साइनोफार्म कम्पनीसँग भएको सम्झौता अनुसार पहिलो चरणमा आठ लाख डोज भेरोसेल खोप नेपाल ल्याइएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागका जनस्वास्थ्य प्रशासक उपेन्द्र ढुंगानाका अनुसार थप खोप अन्य चरणमा आपूर्ति हुनेछ । 

कोरोना महामारीविरुद्ध राष्ट्रिय खोप योजना अनुसार चरणवद्ध रुपमा लक्षित समूहलाई विभिन्न चरणमा प्रदान गर्नेगरी खोप आपूर्ति गरिएको हो । 

विज्ञप्ति सार्वजनिक गर्दै ढुंगानाले खोप आपूर्तिमा सरकार प्रतिवद्ध रहेको र सोही अनुसार शुक्रबार आठ लाख डोज खोप ल्याएको उल्लेख गरेका छन् । 

Views: