d

विर्तामोड: राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन र टुकोनको आयोजनामा रक्तदान 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

श्याम अधिकारी 

झापा: 'रक्तदान जीवन दान' भन्ने मूल नाराका साथ विर्तामोडको मुक्तिचोक स्थित दुर्गा मन्दिरको प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ।  हाल मुलुकभर देखिएको कोरोना महामारीमा रगत अभाव हुन नपाओस भन्ने उद्देश्यले राष्ट्रिय प्रजातन्त्र पार्टीको भात्री संगठन  प्रजातान्त्रिक युवक संगठन र ट्रेड युनियन महासंघ (टुकोन) को संयुक्त आयोजनामा रक्तदान कार्यक्रम आयोजना गरिएको हो। 

 

No description available.

 

झापा क्षेत्र न ३ का संघीय सांसद तथा राप्रपा नेता राजेन्द्र लिंग्देंनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रजातान्त्रिक युवा संगठनका जिल्ला अध्यक्ष राजकुमार राइले रक्तदान गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए।

 

 No description available.

 

रक्तदान कार्यक्रममा राप्रपा झापा जिल्ला अध्यक्ष केशव प्रसाद ओझा, जिल्ला सह-सचिव अभिषेक ढुंगाना, रुदमणी अर्याल, क्षेत्र न २ क्षेत्रीय अध्यक्ष दिपक मास्के, विर्तामोड नगर अध्यक्ष रन्जु प्याकुरेल, क्षेत्र न १ (ख) प्रदेश अध्यक्ष दिपेश राई, प्रदेश क्षेत्र न ५ का उपाध्यक्ष श्याम अधिकारी, टुकोन केन्द्रिय वरिष्ठ उपाध्यक्ष वसन्त रिमाल, टुकोन केन्द्रिय उप-महासचिव कुमार बस्नेत, टुकोन जिल्ला अध्यक्ष श्री प्रसाद चौधरी लगायतको उपस्थिति रहेको थियो।  

 

No description available.

 

मध्यान्ह १२ बजे संचालन भई अपरान्ह ३ बजे सम्म संचालित रक्दान कार्यक्रमबाट ६ महिला ५१ पुरुष गरि जम्मा  ५७ पिन्ट रगत संकलन गरिएको  रेडक्रसका रक्तसञ्चार प्राविधिक सचिन लिम्बूले जानकारी गराएका छन्।  

 

No description available.

No description available.

 

No description available.

No description available.

No description available.

No description available.

 

No description available.

No description available.

No description available.

No description available.

 

No description available.

 

 

 

Views: